प्रदेश ५ काे बजेट : अधिकांश पुराना योजनालाई

चालु वर्षका धेरै कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश ५ सरकारले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटका धेरै अंश पूर्वाधार र कृषिमा केन्द्रित छन् ।

कर्णालीको बजेट : सपना गायब, ठोस योजना

सुरुका दुई आर्थिक वर्षमा महत्त्वाकांक्षी योजना सार्वजनिक गर्दै पुँजीगततर्फ अधिक बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि पुँजीगतको दायरा घटाएको छ । जनशक्ति व्यवस्थापन र संरचनामार्फत विकास योजनाको प्रभावकारी कार्यान्वयन गर्ने भन्दै चालु खर्च बढाइएको छ ।

गण्डकीको बजेट ३२ अर्ब १३ करोड

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आइतबार बजेट प्रस्तुत गर्दै पुँजीगततर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार रुपैयाँ (३८ प्रतिशत) र चालुगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैयाँ (६२ प्रतिशत) छुट्याइएको बताए । 

सुदूरपश्चिमको बजेट : कृषि क्षेत्रलाई उच्च प्राथमिकता

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट आइतबार प्रदेशसभामा प्रस्तुत गरेको छ । बजेटमध्ये चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार र पुजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको छ । 

प्रदेश २ को बजेट : आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता

कृषि र उद्योगलाई प्राथमिकता दिँदै प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको छ । 

प्रदेश १ मा कृषि र पूर्वाधारलाई प्राथमिकता

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गरेका छन् । 
ADVERTISEMENT

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’

सरकारले ज्येष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न सहयोग पुग्ने गरी प्रत्येक संघ, प्रदेश र स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने भएको छ । 

बजेट भाषण : युवा तथा खेलकुदको बजेट २० करोड घट्यो

सरकारले युवा तथा खेलकुदका लागि ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदमा पेश गरेको युवा तथा खेलकुद बजेट गत वर्षभन्दा झण्डै २० करोड कम हो । गत वर्ष ४ अर्ब १८ करोड ९५ लाख विनियोजन गरिएको थियो । 

बजेट भाषण : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ३ अर्ब

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ३ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षभित्र विमानस्थल निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने सरकारको तयारी छ । विमानस्थलको ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । 

बजेट भाषण : गर्भदेखि वृद्धावस्थासम्म सामाजिक सुरक्षा

सरकारले सबै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेको छ । सङ्घीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले लोककल्याणकारी राज्य निर्माण गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सबै नागरिकलाई गर्भावस्थादेखि वृद्धावस्थासम्मको जीवनचक्रलाई सामाजिक सुरक्षाको दायरामा आबद्ध गरिने बताए । 

बजेट भाषण : लागत खर्च रोजगारदाताले व्यहोर्नुपर्ने

सरकारले गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम समझदारी गरेरमात्र आफ्ना नागरिकलाई वैदेशिक रोजगारीमा पठाउने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले वैदेशिक रोजगारीमा जाने श्रमिकको लागत रोजगारदाताबाटै व्यहोर्ने गरी गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम समझदारी गरिने बताए । 

बजेट भाषण : प्रमुख सहरहरुमा विद्युतीय बस सञ्चालनमा ल्याइने

सरकारकाले आगामी आर्थिक वर्षमा मुलुकका प्रमुख सहरहरुमा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । अर्थ मन्त्री युवराज खतिवडाले आर्थिक ०७६/७७को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले मुख्य सहरुमा विद्युतीय बसहरु सञ्चालनमा ल्याउने बताए । यस्तै विभिन्न सहरहरुमा चार्जिङ स्टेशनको निर्माण पनि गरिने उनले बताए ।

बजेट भाषण: यस्तो छ वन तथा वातावरण क्षेत्रका कार्यक्रमहरू

सरकारले मौसम पूर्वानुमान कार्यलाई थप व्यवस्थित र आधुनिक बनाउने भएको छ । मौसम पूर्वानुमानलाई छिटो छरितो बनाउने योजना सरकारले अघि सारेको छ । आधुनिक तथा स्वचालित जल तथा मौसम प्रणाली विकास गरिने सरकारको योजना छ ।

बजेट भाषण : आगमी वर्ष युवा परिचालन वर्षको रुपमा मनाउने 

सरकारले अगामी आर्थिक वर्ष युवा परिचालनको वर्षको रुपमा मनाउने भएको छ । आर्थिक वर्ष २०७६/०७७को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष युवा परिचालनको वर्षको रुपमा मनाउने बताएका हुन् । नेपाल स्काउट,राष्ट्रिय युवा परिषद जस्ता संस्थाहरु मार्फत युवाहरुलाई विपत,वातवरण संरक्षण जस्ता कार्यहरुमा लगाइने उनले बताए । 

अर्थमन्त्रीद्वारा संसद्‌मा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत

सरकारले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट पेश गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्मा आव २०७६/७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान अर्थात् बजेट आज पेश गरेका हु्न ।

चौथो अधिवेशन सुरु : बजेट र विकासबारे असन्तुष्टि

कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको सुरुमै बजेट कार्यान्वयन नभएकोप्रति चिन्ता व्यक्त गरिएको छ । बैठकमा बोल्ने सांसदले बजेट कार्यान्वयन नहुँदा विकास अवरुद्ध भएको बताए ।

कस्तो आउला बजेट ?

बजेट बन्ने एक साताअघिसम्म निकै चहलपहल हुने अर्थ मन्त्रालय परिसर यसपटक एक महिनाअघिबाटै सुनसानजस्तै छ । बजेट माग्दै धाउनेहरूलाई रोक्न मन्त्रालयका ढोका बन्द गरिएका छन् । 

रोजगारमुखी बजेट

‘बजेटमा दबाब’ समाचारले सबै पाठकको ध्यान खिचेको हुनुपर्छ  । योग्यता र विद्वत्ताले चुलिएका भए पनि भूगोल र समुदायसँग नभिजेका वर्तमान अर्थमन्त्रीले गत वर्षको ल्याएको बजेट राम्रो भए पनि जनअनुमोदित हुन सकेन  ।

प्रदेशको बजेट खर्चै भएन

चालु आव सकिन अब दुई महिना पनि बाँकी छैन । प्रदेश सरकारले जिल्लामा छुट्याएको बजेट भने खर्च हुनै सकेको छैन । कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जका अनुसार प्रदेश सरकारअन्तर्गतको पुँजीगततर्फ चालु आवको वैशाख मसान्तसम्म १६ प्रतिशत मात्रै खर्च भएको छ ।

बजेट कार्यान्वयनका त्रुटि हटाउ : भवानी राणा [कान्तिपुर राउण्ड टेबल भिडियो]

यतिबेला सरकार बजेट निर्माणको चरणमा छ । यो धेरै महत्त्वपूर्ण क्षण हो  । यतिबेला सरकार बजेट निर्माणको चरणमा छ । यो धेरै महत्त्वपूर्ण क्षण हो । अधिराज्यभर रहेका चेम्बरको सुझाव लिएर निजी क्षेत्रले संयुत्त रूपमा हिजो मात्रै अर्थमन्त्रीसमक्ष सुझाव दिइएको छ ।

[कान्तिपुर बजेट राउण्ड टेबल] बजेटले युवाको इच्छा जगाउनुपर्छ : जुना माथेमा

युवालाई बजेटमा आकर्षण नै भएन । मुख्य समस्या, सवारी साधनको मूल्य कति घट्यो, कति बढ्यो भन्नेमा मात्रै सीमित भयो । हाम्रो बजेट सकारात्मक 'आउटलुक' हुनेगरी युवा उद्यमशीलतालाई केन्दि्रत गर्नुपर्छ । बजेट हरेक वर्ष आउँछ । तर, फरक के छ ? बजेट युवाको इच्छा जगाउने खालको हुनुपर्छ ।