आर्थिक सर्वेक्षण प्रतिवेदन : प्रतिव्यक्ति वन क्षेत्र ०.२ हेक्टर, रुख १११ 

नेपालमा प्रतिव्यक्ति ०.२ हेक्टर वन क्षेत्र र १११ रुख भागमा पर्ने देखिएको छ । आर्थिक सर्वेक्षणअनुसार नेपालमा  वन क्षेत्रले ५९ लाख ६२ हजार हेक्टर र अन्य काठ तथा बुट्यान क्षेत्रले ६ लाख ४८ हजार हेक्टर भू-भाग ओगटेको छ । दुवै गरी ४४.७ प्रतिशत हुन आउँछ । सबभन्दा बढी वन मध्यपहाडमा छ भने कम तराईमा छ । 

आर्थिक सर्वेक्षण : ५९ प्रतिशत जनसंख्या सहरमा बस्छन्

मुलुकको सहरी जनसंख्या ५९ प्रतिशत भन्दा बढी पुगेको छ । २ सय ९३ नगर घोषणा गरेपछि सहरी क्षेत्रमा बसोवास गर्नेको संख्या १७ बाट बढेर ५९ प्रतिशत पुगेको आर्थिक सर्वेक्षण ०७५/७६ ले देखाएको छ । यस अघि ५८ वटा नगरपालिका हुँदा सहरी जनसंख्या १७ प्रतिशतमा रहेको उल्लेख छ । 

अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण पेश- वैदेशिक रोजगारीमा जाने ३५ प्रतिशतले घटे

अर्थमन्त्री युवराज खतिवडाले यस वर्षको आर्थिक गतिविधि जनाउने आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभामा आर्थिक गतिविधिको संक्षिप्त विवरण सार्वजनिक गर्दै सर्वेक्षण सार्वजनिक गरेका हुन् । संसदमा जनाइए अनुसार यस वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने छ । 

अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण पेस, आर्थिक वृद्धि ५ दशमलव ५९ प्रतिशत पुग्ने अनुमान

सरकारले चालु आर्थिक वर्ष २०७४/०७५को मुलुकको समग्र आर्थिक स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण पेस गरेको छ ।