बजेट २०७६/०७७

दुईधारे नीति लिएकै हो : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले बजेटले नागरिकका तात्कालिक आवश्यकताको सम्बोधन र दीर्घकालीन विकासको दरिलो जग बसाल्न दुईधारे नीति लिएको बताएका छन् ।

व्यक्तिगत आयमा ४ लाखसम्म कर नलाग्ने

वार्षिक चार लाख रुपैयाँसम्मको आयमा कर छुट हुने भएको छ । सरकारले बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/७७ को बजेट मार्फत व्यक्तिगत आयकरको सीमा ५० हजारले बढाएर वार्षिक चार लाख रुपैयाँ पुर्‍याएको हो ।

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’

सरकारले ज्येष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न सहयोग पुग्ने गरी प्रत्येक संघ, प्रदेश र स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने भएको छ । 

बजेट भाषण : युवा तथा खेलकुदको बजेट २० करोड घट्यो

सरकारले युवा तथा खेलकुदका लागि ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदमा पेश गरेको युवा तथा खेलकुद बजेट गत वर्षभन्दा झण्डै २० करोड कम हो । गत वर्ष ४ अर्ब १८ करोड ९५ लाख विनियोजन गरिएको थियो । 

बजेट भाषण : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ३ अर्ब

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ३ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षभित्र विमानस्थल निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने सरकारको तयारी छ । विमानस्थलको ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । 
ADVERTISEMENT

बजेट भाषण : गर्भदेखि वृद्धावस्थासम्म सामाजिक सुरक्षा

सरकारले सबै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेको छ । सङ्घीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले लोककल्याणकारी राज्य निर्माण गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सबै नागरिकलाई गर्भावस्थादेखि वृद्धावस्थासम्मको जीवनचक्रलाई सामाजिक सुरक्षाको दायरामा आबद्ध गरिने बताए । 

बजेट भाषण : लागत खर्च रोजगारदाताले व्यहोर्नुपर्ने

सरकारले गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम समझदारी गरेरमात्र आफ्ना नागरिकलाई वैदेशिक रोजगारीमा पठाउने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले वैदेशिक रोजगारीमा जाने श्रमिकको लागत रोजगारदाताबाटै व्यहोर्ने गरी गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम समझदारी गरिने बताए । 

बजेट भाषण : प्रमुख सहरहरुमा विद्युतीय बस सञ्चालनमा ल्याइने

सरकारकाले आगामी आर्थिक वर्षमा मुलुकका प्रमुख सहरहरुमा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । अर्थ मन्त्री युवराज खतिवडाले आर्थिक ०७६/७७को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले मुख्य सहरुमा विद्युतीय बसहरु सञ्चालनमा ल्याउने बताए । यस्तै विभिन्न सहरहरुमा चार्जिङ स्टेशनको निर्माण पनि गरिने उनले बताए ।

बजेट भाषण: यस्तो छ वन तथा वातावरण क्षेत्रका कार्यक्रमहरू

सरकारले मौसम पूर्वानुमान कार्यलाई थप व्यवस्थित र आधुनिक बनाउने भएको छ । मौसम पूर्वानुमानलाई छिटो छरितो बनाउने योजना सरकारले अघि सारेको छ । आधुनिक तथा स्वचालित जल तथा मौसम प्रणाली विकास गरिने सरकारको योजना छ ।

बजेट भाषण : आगमी वर्ष युवा परिचालन वर्षको रुपमा मनाउने 

सरकारले अगामी आर्थिक वर्ष युवा परिचालनको वर्षको रुपमा मनाउने भएको छ । आर्थिक वर्ष २०७६/०७७को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष युवा परिचालनको वर्षको रुपमा मनाउने बताएका हुन् । नेपाल स्काउट,राष्ट्रिय युवा परिषद जस्ता संस्थाहरु मार्फत युवाहरुलाई विपत,वातवरण संरक्षण जस्ता कार्यहरुमा लगाइने उनले बताए । 

बजेट भाषण : सामाजिक सुरक्षाको विस्तार, उत्पादन शक्तिको विकासमा प्राथमिकता

आगामी आर्थिक वर्षका लागि बजेटले सामाजिक सुरक्षाको विस्तार, उत्पादन शक्तिको विकासमा प्राथमिकता दिएको छ ।

बजेट भाषण : विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तय

अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुत्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै नेपाल विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तय भएको बताएका छन् ।

बजेट बोकेर सिहंदरबारदेखि संसद भवनसम्म अर्थमन्त्री [फोटोफिचर]

अर्थमन्त्री युवराज खतिवडाले अहिले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गरिरहेका छन् । कान्तिपुरका फोटोपत्रकारद्वय अंगद ढकाल र इलिट जोशीले सिंहदरबारदेखि संसद भवनसम्म अर्थमन्त्री जाँदा लिएका केही तस्बिरहरु

२०७६/०७७ को बजेट मन्त्रिपरिषद्‌बाट पारित

सरकारले संसद्‌मा प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०७६/०७७ को बजेट मन्त्रिपरिषद्‌बाट पारित भएको छ । बुधबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ बजेट पारित गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्रीद्वारा संसद्‌मा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत

सरकारले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट पेश गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्मा आव २०७६/७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान अर्थात् बजेट आज पेश गरेका हु्न ।

संसद्‌मा बजेट प्रस्तुत हुँदै

सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट बुधबार अपरान्ह प्रस्तुत गर्दै छ । अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रिय सभाको स‌ंयुक्त बैठकमा बजेट प्रस्तुत गर्न लागेका हुन् ।