प्रधानमन्त्री युरोप भ्रमणमा

प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षीसँग भेट [भिडियोसहित]

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनदिने बेलायत भ्रमणका क्रममा मंगलबार समकक्षी टेरेजा मेसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा भएको करिब आधा घण्टा लामो भेटमा दुई देशबीच सम्बन्ध सुदृढबारे छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले फ्रान्सका समकक्षी फिलिप एडुवार्डसँग भेटवार्ता गर्ने

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डबीच बिहिवार औपचारिक वार्ता हुने टुंगो लागेको छ । दुई समकक्षीबीच प्रधानमन्त्री कार्यालयमा बेलुका पाँच बजे वार्ता हुने भएको हो । वार्ता एक घण्टा चल्ने छ ।

बेलायत पुगेर प्रधानमन्त्री ओलीले भने – 'सरकारकाे नेतृत्व फेर्ने निर्णय पार्टीले गर्छ'

बेलायतको तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ लन्डन उत्रिएका छन् । प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शत वार्षिकी समारोहलाई सम्वोधन गरेर बेलायत आइपुगेका हुन् । 

देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताएका छन् ।

प्रधानमन्त्री जेनेभामा

प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणको सिलसिलामा आइतबार स्वीट्जरल्यान्डको जेनेभा पुगेका छन् । जेनेभा अन्तरर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनका लागि  स्वीस महासङ्घका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई एवं नियोगका अधिकारी, जेनेभा क्यान्टनका काउन्सिलर तथा स्वीस वरिष्ठ अधिकारीले स्वागत गरे । 

प्रधानमन्त्री ओली बेलायती राजकुमार भेट तय

बेलायतको तीन दिने औपचारिक भ्रमणका सिलसिलामा प्रधानमन्त्री केपी ओली र बेलायती राजकुमार ह्यारीबीच भेटघाट तय भएको छ । प्रिन्स ह्यारीसँग जुन ११ मंगलबार केन्जिङटन प्यालेसमा भेट तय भएको लन्डनस्थित दूतावास स्रोतले जनाएको हो । 
ADVERTISEMENT

प्रधानमन्त्री युरोप प्रस्थान

प्रधानमन्त्री केपी शर्मा शनिबार साँझ युरोपका तीन देशको साताव्यापी भ्रमणमा प्रस्थान गरेका छन् । २० सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै ओली स्वीटजरल्यान्डको जेनेभा प्रस्थान गरेका हुन् स्वीट्जरल्यान्डको जेनेभापछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्सको भ्रमण गर्ने कार्यक्रम छ ।

१७ वर्षपछि नेपालका प्रधानमन्त्रीले बेलायत भ्रमण गर्दै

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतको औपचारिक भ्रमणमा आउने तय भएको छ । १७ वर्षपछि नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण तय भएको हो । यसअघि सन् २००२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत आएका थिए । बेलायती प्रधानमन्त्री टेरेजा मेको निमन्त्रणामा ओली बेलायत आउन लागेका हुन् ।