डेंगु

देशव्यापी फैलिँदै डेंगु

शरीर र जोर्नीमा धेरै दुखाइ भई ‘हाड तोड ज्वरो’ को रूपमा चिनिने दिउँसो टोक्ने लामखुट्टेले हुने डेंगु संक्रमण बिस्तारै मुलुकभर फैलिँदै गएको छ । समयमै रोकथामका उपाय नगरिए यसले भविष्यमा भयावह रूप लिन सक्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन् । 

सप्तरीमा डेंगु संक्रमण :  जनस्वास्थ्य अनभिज्ञ

सप्तरीमा डेंगु देखापरेको छ । केही समयअघि सुनसरीको धरानमा फैलिएको यो संक्रमण सप्तरीको कञ्चनरुप नगरपालिकामा देखिएको हो । कञ्चनरुप नगरपालिका ६ जमुवाका २७ वर्षीय रामाकान्त चौधरीमा डेंगुको संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य प्रमुख डम्बर गुप्ताले जानकारी दिए ।

डेंगु परीक्षण किटको परल मूल्य भन्दा बढी लिए कारबाही गर्ने चेतावनी

पूर्वी नेपालमा डेंगु परीक्षण किटको परल मूल्य भन्दा निजी स्वास्थ्य संस्थाले ६ गुणासम्म बढी लिन थालेपछि स्वास्थ्य मन्त्रालयले कालोबजारी कसुरमा कारबाही गर्ने चेतावनी दिएको छ । प्रदेश नम्बर १ मा डेंगु परीक्षण किटको मूल्य करिब ४ सय रुपैयाँ पर्नेमा १८ सयदेखि २४ सय रुपैयाँसम्म लिएको गुनासो स्वास्थ्य मन्त्रालयमा आएको थियो ।

डेंगु नियन्त्रण गर्न जनपरिचालन

डेंगु नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले समुदाय परिचालन अभियान सुरु गरेको छ । डेंगुका विषयमा जनचेतना फैल्याउन महानगरपालिकाले शिक्षक र विद्यार्थीलाई परिचालन गर्ने भएको हो । 

डेंगु नियन्त्रण गर्न जनपरिचालन

डेंगु नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले समुदाय परिचालन अभियान सुरु गरेको छ । डेंगुका विषयमा जनचेतना फैल्याउन महानगरपालिकाले शिक्षक र विद्यार्थीलाई परिचालन गर्ने भएको हो । 

मनसुनअगावै डेंगु : संक्रमण व्यापक हुन सक्ने विज्ञको चेतावनी

यसपटक मनसुनअगावै डेंगु फैलिएकाले संक्रमण अझ बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । धरानमा व्यापक भइसकेको डेंगु बिस्तारै मोरङ र झापामा समेत फैलँदै छ । 

मोरङ र झापामा पनि डेंगु

धरानमा देखा परेको डेंगु रोग मोरङ र झापामा समेत फैलिएको छ । मोरङमा ९ जनामा डेंगु संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

धरानमा फैलिएको डेंगु ‘डेन–२’

धरानमा महामारीका रूपमा फैलिएको डेंगु कडा मानिने ‘डेन–२’ भएको विज्ञहरूले जनाएका छन् । मुलुकमा डेन–१, डेन–२, डेन–३, डेन–४ गरी चारै थरी डेंगु देखिने गरेको छ ।

डेंगु संक्रमित बढेको बढ्यै, २६ दिनमा ३१४ जना संक्रमित

डेंगु महामारी फैलिएपछि एडिज एजिप्टाइ र एडिज एल्बो पिकस जातिको मच्छरको अण्डा, लार्भा र प्युपा नष्ट गर्न व्यापक रूपमा सर्च एन्ड डेस्ट्रोय अभियान जारी राखे पनि संक्रमितको संख्या दिनदिनै बढेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार साँझ पाँच बजेसम्म उपचार गर्न पुगेकामध्ये ३ सय १४ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।