मालिन्दो एयर दुर्घटना

मालिन्दो एयरको जहाजलाई धस्सिएको स्थानबाट हटाइयो, अब केही समयमै विमानस्थल खुल्ने (फोटोफिचर)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कोटेश्वर तर्फको रनवेभन्दा बाहिर पुगेर अड्किएको मालिन्दो एयरको जहाजलाई त्यहाँबाट निकालिएको छ । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको उक्त जहाज बिहीबार राति १० बजे रनवे बाहिर गएर धस्सिएको थियो ।

मालिन्दो एयरको विमान रनवेभन्दा बाहिर पुगेपछि विमानस्थल बन्द

 काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रनवेभन्दा बाहिर पुगेको छ । उक्त जहाज रनवेभन्दा बाहिर पुगेर अड्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।