ट्रम्प-किम वार्ता

ट्रम्प र किमबीच चार बुँदे सम्झौता [पूर्णपाठसहित]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चार बुँदे 'बृहत्' सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा भएको वार्तापछि कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउनुका साथै अमेरिका र कोरियाबीच नयाँ सम्बन्ध स्थापित गर्न दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् ।

ट्रम्प र किमद्वारा 'बृहत्' सम्झौतामा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले 'बृहत्' सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको छैन ।

एेतिहासिक हस्तमिलनको त्यो क्षण [फोटोफिचर]

सिंगापुरको सान्तोसा टापुस्थित क्यापिला होटलमा नेपाली समय अनुसार मंगलबार बिहान ७ बजे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पहिलो भेट भएको थियो । बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच भएको यो नै पहिलो भेट हो । यो दुर्लभ क्षणलाई विश्वभरका मिडियाले नियालिरहेका छन् । उनीहरुबीच एेतिहासिक शिखर वार्ता सुरु भएको छ ।

उत्तर कोरियाबारे भुल्न नहुने मुद्दा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच हुने भेटको सिंगापुरमा अन्तिम तयारी भइरहेको छ । उक्त भेटवार्ताको प्रमुख एजेन्डा आणविक हतियार नै हुनेछ । तर बिर्सन नहुने कुरा भनेको उत्तर कोरिया विश्वकै सबैभन्दा सर्वसत्तावादी शासन प्रणाली भएको राष्ट्र हो ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङबीच एेतिहासिक भेट

सिंगापुरको सान्तोसा टापुस्थित क्यापिला होटलमा केहीबेर अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेट भएको छ । बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच भएको यो नै पहिलो भेट हो । 

ट्रम्प र किम सिंगापुरमा 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । क्यानडामा भएको जी–७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन् ।

शिखर वार्ताका लागि किम सिङ्गापुर पुगे, ट्रम्प पनि प्रस्थान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुगेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प आइतबार नै अबेर पुग्ने कार्यक्रम छ ।

ट्रम्प–किम वार्ता: सिंगापुरको क्यापिला होटलमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरको सेन्तोसा टापुस्थित क्यापिला होटलमा शिखर वार्ता हुने भएको छ । वार्ता आगामी १२ जुनमा हुँदै छ ।

ट्रम्प–किम अर्को साता भेट्दै: गोर्खा प्रहरीले सुरक्षा दिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् । दुई नेताबीच जुन १२ मा सिंगापुरमा शिखर बैठक हुँदै छ ।

ट्रम्पको खेलमा किमको चाल

सन् २०१२ मा उत्तर कोरियाका तत्कालीन नेता किम जोङ द्वितीयलाई राजकीय सम्मानका साथ समाधिस्थ गरेको केही महिनापछि म जेम्स किम नाम गरेका व्यक्तिको प्योङयाङस्थित कार्यालयमा थिएँ ।

ट्रम्प–किम वार्ता तयारी तीव्र

अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा तय गरिएको वार्ताको तयारीका लागि उत्तर कोरियाका एक उच्च अधिकारी अमेरिका भ्रमणमा रहेकै बेला रूसी विदेशमन्त्री सेर्गेई लाभरोभ बिहीबार उत्तर कोरिया पुगेका छन् ।

ट्रम्प–किम वार्ता तयारी, उत्तर कोरियाली अधिकारी अमेरिका जाँदैं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा तय गरिएको शिखर वार्ताको तयारीका लागि उत्तर कोरियाली उच्चअधिकारी अमेरिका प्रस्थान गरेका छन् ।

किम पूर्वनिर्धारित वार्ताकै पक्षमा

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पूर्वनिर्धारित मितिमै शिखर वार्ता गर्न इच्छुक रहेको बताएका छन् ।

किम र मुनबीच आकस्मिक भेट

उत्तर र दक्षिण कोरियाली नेताले शनिबार आकस्मिक भेटवार्ता गरेका छन् । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच दुई देशको सीमाको गैरसैनिक क्षेत्रमा भेटवार्ता भएको हो ।

ट्रम्प–किम बैठक अन्योलमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग आगामी जुन महिनाको १२ तारिखका लागि तय भएको शिखर बैठक हुनेमा आशंका व्यक्त गरेका छन् ।

ट्रम्प–किम वार्ता: जुन १२ मा सिंगापुरमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनलाई आगामी जुन १२ भेट्ने बताएका छन् ।

शान्ति वार्ताका लागि किम दक्षिण कोरियामा

एक महिना अघिसम्म युद्धको संघारमा रहेको कोरियन प्रायद्वीपमा एकपछि अर्को गर्दै शान्तिको लहरहरु उठ्न थालेका छन् । विश्वलाई आश्चर्यचकित पार्दै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले शान्ती वार्ता गर्नका लागि पहिलो पटक सैनिक रेखा पार गर्दै दक्षिण कोरियामा प्रवेश गरेका हुन् ।

किम सांगीतिक कार्यक्रममा

उत्तर कोरियाली नेता किम जोङ–उन र उनकी श्रीमतीले प्योङ्याङको एक सांगीतिक कार्यक्रममा दक्षिण कोरियाली कलाकारको कार्यक्रम हेरेका छन् ।

किम रेल चढेर बेइजिङ पुगेको पुष्टि

एक अप्रत्याशित भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन चीनको राजधानी बेइजिङ पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले पुष्टि गरेको छ ।

किम र दक्षिण कोरियाली टोलीबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली प्रतिनिधिमण्डलसँग  सोमबार भेटवार्ता गरेका छन् । किमले सन् २०११ मा सत्तामा आएयता पहिलोपटक दक्षिण कोरियाली अधिकारीलाई भेटेका हुन् । वार्ताबारे विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन । 

किम दक्षिण कोरिया पुगिन् 

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनकी बहिनी किम यो–जोङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा शुक्रबार सहभागी भएकी छन्। उनी शुक्रबार नै दक्षिण कोरिया पुगेकी हुन् । उद्घाटन समारोहमा किम र उत्तर कोरियाली राष्ट्रप्रमुख किम योङ नाम अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँगै बसेका थिए ।