वाग्मतीछेउ चिटिक्क पार्क

बिहान साढे ६ बजे । वारि काठमाडौं र पारि ललितपुर । खोला किनारमा कोही कराँते सिक्दै छन् भने केही विद्यार्थीलाई पढ्न जाने हतारो छ । पहिले पेटीबाटै हिँड्थे । अहिले हिँड्ने बाटो बेग्लै बनेको छ । 

बनेन पुष्पलाल पार्क

कम्युनिस्ट पार्टी नेपालका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठको स्मृतिमा उनको जन्मथलो रामेछाप नगरपालिका ८ भंगेरीमा निर्माण गर्ने भनिएको पुष्पलाल पार्कको काम अलपत्र परेको छ ।

रानीमहलमा वातावरणमैत्री पार्क

तत्कालीन खड्गशमशेरले रानी तेजकुमारीको सम्झनामा रानीमहल बनाए । १ सय २५ वर्षअघि निर्माण भएको यसलाइ पूरातत्त्व विभागले १० वर्षका लागि तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

पार्क लथालि‌ङ्गबारे छानबिन समिति गठन

सहरी विकास मन्त्रालयले गोकर्णस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क’ निर्माण अवरुद्ध विषयमा छानबिन गर्न सहसचिव चत्रवर्ती कण्ठको संयोजकत्वमा समिति गठन गरेको छ ।

पार्क पसे ढिकी, जाँतो र कोल

ढिकीमा धान अनि जाँतोमा कोदो, मकै, चामल, गहुँ र जौ पिस्ने गरिन्थ्यो– १० वर्ष अघिसम्म । तोरी र तिल कोलमा हालेर तेल निकालिन्थ्यो । तर समय यसरी बदलियो कि, परम्परादेखि प्रयोग हुँदै आएका यस्ता सामग्रीको चलनै हरायो । लोप नै होला भन्ने डर ।

महानगरमा ‘फाउन्टेन इको पार्क’

विराटनगरमा दसैंको अवसर पारेर फाउन्टेन इको पार्क सर्वसाधारणका लागि खुला गरिएको छ  । महानगराभित्र कतै घुम्ने रमनीय स्थल नभएको अवस्थामा यो पार्कमा महानगरवासी रमाउन थालेका छन्  ।

लभ वाग्मती !

२०७० जेठ ५ देखि सुरु भएको वाग्मती सफाइ अभियानले यही फागुन २८ मा २०० औं साता पूरा गर्‍यो । उक्त अवसरमा आयोजना गरियो ‘वाग्मती पदयात्रा’ । वाग्मती अभियानले राजधानी सहरको सुवास खोज्न भौंतारिरहेका युवालाई निकै आकर्षित गरेको देखिन्छ । पदयात्रामा सहभागी युवा संख्या त्यसको प्रमाण हो ।

वाग्मती सफाइ अभियानको औचित्य

सभ्यता र आत्म–उत्थानका नयाँ–नयाँ आयाम विकसित भइरहेका छन्। तर हामीले भने आधारभूत कुरालाई नै बिर्संदै गइरहेको भान हुन्छ।