२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

यसरी निर्माण भइरहेछ काठमाडौं- तराई/मधेस द्रुतमार्ग

काठमाडौँ —  काठमाडौं/तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)मा सुरुङ र पुल निर्माणको काम धमाधम भइरहेको छ । समग्र आयोजना निर्माणको गति सुस्त रहेपनि सुरुङ निर्माणमा भने उल्लेख्य प्रगति छ । अहिले तीन वटा सुरुङ निर्माणधीन छन् । जसको दूरी ६.४१५ किलोमिटर छ । अहिले महादेवटार,धेद्रे,लेनडाँडामा सुरुङ निर्माण भइरहेको छ । आयोजनाका अनुसार समग्र सुरुङ निर्माणको प्रगति ६७.४३ प्रतिशत छ ।

यसरी निर्माण भइरहेछ काठमाडौं- तराई/मधेस द्रुतमार्ग

आयोजना निर्माण सुरु भएको ६ वर्षमा समग्र भौतिक प्रगति भने ३०.९६ प्रतिशत मात्र छ । यसलाई १३ वटा खण्डमा विभाजन गरेर ठेक्का गर्ने प्रक्रिया जारी छ । अहिलेसम्म १ देखि ७ सम्म र १० नम्बर प्याकेजको ठेक्का भइसकेको छ ।प्याकेज ८ ‘क’ ९ ‘क’ र ‘ख’ पुन बोलपत्र आह्वान भएको र अहिले आर्थिक प्रस्ताव मुल्यांकनका क्रममा रहेको जनाइएको छ । तर ११ नम्बर प्याकेजमा पर्ने खोकना क्षेत्रको जग्गा विवाद नटुंगिएकाले ठेक्का व्यवस्थापनको काम हुन सकेको छैन ।

त्यस्तै ८९ वटा पक्की पुल निर्माण हुनेछन् । जसमा १६ वटा विशेष प्रकृतिका पुल बन्ने छन् । १ देखि ७ नम्बर सम्म प्याकेजमा पुल निर्माणको काम भइरहेको छ । यसको निर्माण व्यवस्थापनको जिम्मा मन्त्रीपरिषद् निर्णयले ०७४ वैशाखमा सेनालाई दिएको हो । जसअनुसार ०८१ मंसिर भित्र निर्माणको काम सक्किनुपर्ने थियो । तर उक्त अवधीमा निर्माण नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ ।

यसको सुरु अनुमानित बजेट १ खर्ब ७५ अर्ब रुपैयाँ थियो । अहिले यसको म्याद थपसँगै लागत पनि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्‍याइएको छ । त्यस्तै विस्तृत परियोजना रिपोर्ट (डीपीआर) संसोधन गरे दूरी पनि घटाइएको छ । तीनवटा सुरुङ थप भएसंगै यसको दूरी ७०.९७७ किमी बनाइएको छ । यसको सुरु दूरी ७२.५ किमी थियो

प्रकाशित : फाल्गुन ७, २०८० २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?