कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शेर्पा साँझ

काठमाडौँ — शेर्पा मौलिकता जोगाउने ध्येयसाथ शनिबार बौद्ध रामहिटीमा ‘शेर्पा कलाकार बृहत् सांगीतिक साँझ’ गरियो । समारोहमा बच्चादेखि पाका, नयाँ र स्थापित कलाकारले सांस्कृतिक प्रस्तुति दिए । हिमालयन कल्चरका कलाकारले स्याब्रु नृत्यमार्फत कन्सर्ट सुरु गरेका थिए ।

शेर्पा साँझ

कुसाङ शेर्पाले अरुण थापाको स्वर रहेको गीत ‘ऋतुहरूमा तिमी...’ गाए भने लोप्साङ छोदेनले ‘हिमाली गाउँकी शेर्पिनी...’ बोलको भाका सुनाइन् । ल्हामु, मिङमार, दावादिन र फुर्बा शेर्पाको गायनसँगै आङ पेमा, आङ कुङ्गा, लोमु मिट्टी र जाङ्मु एन शेर्पाले नृत्य देखाए । वरिष्ठ गायक लाक्पा शेर्पाको गीतमा दर्शक नाचेका थिए । गोन्पो, दावा के, सोनम र अपा शेर्पाले पनि गीत गाए । पासाङ छिरिङ शेर्पाको कमेडी रुचिकर मानियो ।

‘हाम्रो कला, साहित्य बाहिर आउन सकेको छैन,’ गायक लाक्पा शेर्पाले भने, ‘राज्यले देवनागरी लिपि चिन्छ, हाम्रो सम्भोटा लिपि चिन्दैन । यो विभेद हो ।’ शेर्पाहरूको चाड ग्ल्याबो ल्होसारमा बिदा काटेको र खादाले प्रदूषण निम्त्याएको भन्ने विषयमा पनि आवाज उठाइएको थियो ।

संस्थाका अध्यक्ष डीजे नवाङले पहिलो पटक एकै ठाउँ भेला भएर कसन्र्ट गरिएको बताए ।

प्रकाशित : वैशाख २३, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?