कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा ‘कुरुप हाँस’

दीपक परियार

लेखनाथ — चारवटा अन्डा लिएर ओथारो बसेकी पोथी हाँसले तीनवटा टिउरा कोरल्छे । एउटा ठूलो अन्डा अलिपछि फुट्छ । त्यसबाट कुरूप टिउरो जन्मन्छ । ऊ आºनो परिवारमा अरुरूभन्दा फरक भएकै कारण हेपिन्छ । उसले घर छाड्छ ।

पोखरामा ‘कुरुप हाँस’

यात्रामा अनेकन कठिनाइ पछि कठोर धैर्य र आत्मविश्वासको बलमा आºनो परिवार र समुदायमा पहिचान पाउन सफल हुन्छ ।

डेनिस लेखक हेन्स क्रिस्चियन एन्डरसनको कथा ‘द अग्ली डकलिङ (कुरूप हाँस)’ को नाट्य रूपान्तर शनिबारदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन सुरु भएको छ । नाटकमा अभिनेता नाजिर हुसेनको निर्देशनसँगै अभिनय छ । काठमाडौंको मण्डला थिएटरमा वैशाख २८ देखि जेठ २० सम्म सफतापूर्वक मञ्चन भएको नाटक पोखरेली दर्शकका लागि ल्याइएको हो ।

अभिनय गरेको नाटक २१ औं भए पनि पहिलो पटक निर्देशन गरेको हुसेनले बताएका छन् । एन्डरसनको सन् १८४४ माा प्रकाशित प्रसिद्ध डेनिस लोक कथामा आधारित नाटकमा एक चराको यात्रा कथालाई उतारिएको छ ।

कुरुप हाँसको भूमिकामा हुसेनको प्रस्तुति अब्बल छ । रूप, रंग, जात, धर्म, वर्ण, लिंगका आधारमा गरिने विभेदलाई नाटकमार्फत देखाउन खोजिएको छ । १ घण्टा १० मिनेटको संवादविहीन नाटकले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्न सफल छ । कालो रंगमै आºनो अस्तित्व स्थापित गर्न निर्देशकले कन्टेम्पोररी डान्स फर्मको प्रयोग गरेका छन् । ‘यो एउटा विम्बात्मक कथा र प्रस्तुति हो,’ मुख्य पात्रका रूपमा मञ्चमा उत्रिएका उनी भन्छन्, ‘कथाको केन्द्रमा हाँस भए पनि हाम्रो समाजमा मान्छेले मान्छेलाई विभिन्न आधारमा गर्ने विभेदको संकेत गर्छ ।’

नाटक उनी स्वयंको भोगाइको कथा पनि हो । हिन्दु आमा र मुस्लिम बुबाको सन्तानको रूपमा गरेको आत्मसंघर्षलाई उनले सशक्त रूपमा नाटकमा उतारेका छन् । ‘छालाको रंग, शारीरिक सुगठन, धर्म, जात आदिका कारणले धेरैपटक फरक महसुस गर्नुपर्‍यो,’ उनी भन्छन्, ‘अरूले कुरुप महसुस गराएको त्यही अनुभूतिलाई सुन्दर बनाएर नाटकमार्फत प्रस्तुत गरेको छु ।’ तीन वर्षको मिहिनेत रहेकोले पनि उनलाई यो नाटकको महत्त्व छ । पहिलोपल्ट निर्देशित नाटकले आºनो भविष्य कता लैजान्छ भन्नेबारेमा निक्र्यौल गर्ने उनी स्वयं बताउँछन् । नाटकबाटै फिल्ममा प्रवेश गरेका उनले नाटक छोड्न नसक्ने बताए ।

नाटक हेरेपछि साहित्यकार तीर्थ श्रेष्ठले विम्वात्मक पक्ष बेजोड भएको बताए । उनले संवादविहीन भए पनि आम दर्शकले बुझ्ने किसिमको भएको प्रतिक्रिया दिए । कलाकर्मी माओत्से गुरुङले नवीन प्रयोगमा गरिएको नाटकका कलाकारको मिहिनेत तारिफयोग्य भएको बताए । ‘अब पोखरेली दर्शकलाई प्रयोगवादी नाटकमा बानी पार्न यसले सहयोग पुर्‍याउँछ,’ उनले भने ।

नाजिरसँगै आमा हाँसको भूमिका निभाएकी विजया कार्कीको अभिनयले सबैको ध्यान खिच्छ । टिउराको अभिनय गरेका विनीता गुरुङ, किरण श्रेष्ठ र विक्रम श्रेष्ठको कलाले नाटकलाई लय दिएको छ ।

नाटकलाई ºलोरेन्स कार्कीले पोखरा थिएटरसम्म ल्याएकी हुन् । नाटकमा सुदीप खतिवडाको प्रकाश र मिलन कार्कीको संगीत व्यवस्थापन छ । नाटक सोमबारसम्म दिउँसो १ बजे र साँझ ५:३० बजे गरी दुई सो मञ्चन हुने थियटरका अध्यक्ष परिवर्तन कार्कीले बताए ।

प्रकाशित : असार ३, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?