कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजापुरमा थारु लोककथा

गणेश चौधरी

टीकापुर — ‘हिटक खिस्सा’ अर्थात् हिटाको कथा  । थारु समुदायमा वर्षौंदेखि सुन्दै र सुनाउँदै आएको लोककथा  ।

राजापुरमा थारु लोककथा

खास गरी मकै छोडाउँदा राति बूढापाकाले तन्नेरी पुस्तालाई सुनाउने एकादेशको कथा । थारु समुदायमा यो निकै लोकप्रिय छ । त्यही कथालाई आधार बनाएर सुशील चौधरीले लेखेको नाटक ‘हिटक खिस्सा’ बर्दियाको राजापुरमा मञ्चन गरियो । सैडान नाट्य समूह बर्दिया र शिल्पी थिएटर काठमाडौंको संयुक्त प्रस्तुति रहेको नाटकको निर्देशन गरेका थिए झकेन बिसीले ।


वर्षौंदेखि सुनाइँदै आएको हिटाको कथाले थारु समुदायमा निकै राम्रो छाप छोडेको छ । हिटाको अर्थ हुन्छ हेपिएको । नाटकमा समाजमा रहेका दानवीय प्रवृत्तिको एक न एक दिन अन्त्य हुन्छ भन्ने सन्देश दिन खोजिएको थियो । थारू समुदायको भेषभूषा, संस्कृति र नाचगानको प्रस्तुतिले नाटक रोचक र मौलिक बनेको थियो ।


थारु समुदायमा सबै साथीभाइ मिलेर सिकारमा जाने चलन पुरानै हो । ‘फाडा’ (चरा फसाउन धागो र बाँसका मसिना डण्डीबाट बनाउने चरा जाल) मा परेको चरा पनि अनेकौ बहानामा अर्कैले खोसेर लगेको दृश्य निकै विम्बात्मक लाग्छ । समाजमा कमजोरहरू कसरी हेपिन्छन् र आफ्नो मिहिनेतको स्वाभाविक फलबाट पनि वञ्चित पारिन्छन् भन्ने सन्देश यो दृश्यले दिन्छ । नाटक हेर्दा हिटासित उसका साथीभाइले गरेको व्यवहारले दर्शकको मन उत्तेजित बनाउँछ । थारु लोक कला अनि दर्शन बुझ्न सजिलो होस् भनेर थारु समुदायमा सुनिने र सुनाउने लोककथा हिटा कथालाई नै नाट्य रूपान्तरणका लागि रोजेको सुशीलले दाबी गरे ।


‘थारु समाजमा लोकनाटक मञ्चन गर्ने चलन पुरानै हो,’ उनले भने, ‘कठघोरी, बर्किमार, रामझुम्मर लोकनाटक थारु समुदायमा प्रख्यात छन् । आधुनिक नाटक लेखन र मञ्चनको भने त्यति अभ्यास छैन ।’ थारु भाषामै मञ्चन भइरहेको नाटकले पुराना लोककथाको खोजी र नयाँ कथा वाचक जन्माउन सहयोग गर्ने सुशीलले बताए ।

प्रकाशित : आश्विन २३, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?