कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

सुरुङ निर्माणमा ढिलाइ

रासस

चौतारा — बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ । ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै काममा ढिलाइ गरेको हो । मेलम्ची खानेपानी विकास समितिका सिनियर इञ्जिनियर एवं सूचना अधिकारी राजेन्द्र पन्तले भने, ‘कुनै दिन कामै नहुने, काम भएको दिनमा पनि छदेखि आठ मिटर मात्र सुरुङ खनिएकाले ढिलाइ भएको हो ।’ 

आगामी चैतको दोस्रो सातासम्म सुरुङको काम सम्पन्न गरी राजधानीमा खानेपानी लगिने आयोजनाले भन्दै आए पनि ग्यालथुम–सिन्धुखण्डमा २ सय २३ मिटर र ग्यालथुम अडिटको जङ्सनमा ५० मिटरसहित २ सय ७३ मिटर खन्न बाँकी रहेको पन्तले बताए । हेलम्बुको मुहान रहेको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७ दशमलव ५ किमी सुरुङमध्ये हालसम्म २७ दशमलव २२७ किमि सुरुङ सम्पन्न भइसकेको छ । उक्त खण्डको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९ दशमलव ५ किमि सुरुङ गत वर्ष नै सम्पन्न भइसकेको र अम्बाथानदेखि ग्यालथुमखण्डको ७ दशमलव ५ किमि सुरुङ पुस १४ मा सम्पन्न भएको थियो ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?