कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलाई मन पर्छ

कान्तिपुर संवाददाता

काठमाडौँ — ठाउँ :
पोखरा र गुल्मीको रेसुँगा । रेसुँगाबाट तरेली परेको पहाडी शृंखला र तलतिर बग्दै गरेको बडिगाड नदीको अप्रतीम सौन्दर्य देखिन्छ ।

मलाई मन पर्छ

यो थलोको अर्को ऐतिहासिकता के हो भने जोसमनि सन्त परम्पराका शशिधर स्वामीले यहीँ बसेर तपस्या गरेका थिए । पछि यो परम्परा फैलिएर पूर्वोत्तर भारत र बर्मासम्म पुग्यो । योगमायादेखि राजा रणबहादुर शाहसम्म यो दर्शनबाट प्रभावित भएको पाइन्छ ।

परिकार :
नेपाली खाना– सादा दाल, भात र तरकारी । साग र दूध नभई हुन्न । मकैका परिकारहरू पनि निकै रुचाउँछु ।

पेय :
कालो चिया र कालो कफी । पहिले–पहिले चिया–कफीको ठूलो लत थियो । अहिले दिनमा चार/पाँच कप चिया पिउँछु । कफीचाहिँ बढीमा दुई कप । अल्कोहल र कोल्ड ड्रिंक्समा कहिल्यै बानी परेन ।

पुस्तक :
मलाई प्रभावित पार्ने पुस्तकहरूको सूची लामै छ । हावर्ड फास्टको उपन्यास ‘माई ग्लोरियस ब्रदर्स’, मिखाइल सोलोखोभको उपन्यास ‘भर्जिन स्वायल अपटन्र्ड’, मन्नु भण्डारीको ‘आपका बन्टी’, के दामोदरनको ‘भारतीय चिन्तन परम्परा’, रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’ केही नाम हुन् । हावर्ड फास्टको ‘माई ग्लोरियस ब्रदर्स’ मा इजरायलीहरूको संघर्ष–इतिहास समेटिएको छ भने शक्तिमा पुगेपछि नोकरशाही बन्ने माक्र्सवादीहरूलाई बुझ्न सोलोखोभको ‘भर्जिन स्वायल अपटन्र्ड’ पढ्नैपर्छ । भारतीय लेखक मन्नुको ‘आपका बन्टी’ पढेपछि बा–आमाको ब्रेकअपका कारण दु:ख झेल्न बाध्य सन्तानको मनोदशाले मलाई लामो समय रन्थनायो । हालैचाहिँ नारायण ढकालको ‘हजार माइलको बाटो’ र सरस्वती प्रतीक्षाको ‘नथिया’ पढिसकाएँ ।

लेखक :
एउटै लेखकका सबै कृति उत्तिकै प्रभावकारी नहुन सक्छ । लेखकभन्दा म सिर्जनाको आधारमा मूल्यांकन गर्छु ।

गीत :
नारायणगोपालको स्वर र भूपि शेरचनको शब्द रहेको ‘अल्झेछ क्यारे पछयौरी...’ ले निकै मन छुन्छ । चियाबारीमा काम गर्ने मजदुरको मनोदशाको मार्मिक चित्रण भेट्टाउँछु यो गीतमा ।

गायक/गायिका :
नारायणगोपाल र अरुणा लामा । उहाँहरूको स्वरमा जादूमय मिठास भेट्टाउँछु । पछिल्लो छिमलकी पवित्रा सुब्बाका केही गीतहरू उत्तिकै मर्मस्पर्शी छन् ।

फिल्म :
पुरानोमा तुलसी घिमिरेको ‘दक्षिणा’ । पछिल्लोमा निश्चल बस्नेतको ‘टलकजंग भर्सेज टुल्के’ । चिनियाँ साहित्यकार लु सुनको चर्चित सिर्जना ‘आह क्युको साँचो कथा’ को पुनर्निर्माण जस्तो लाग्छ– ‘टलकजंग भर्सेज टुल्के’ । विशेषगरी यसको चरित्र चित्रणले मन छोयो ।

अभिनेता/अभिनेत्री :
पुरानोमा सरोज खनाल र मिथिला शर्मा । सरोज बीचमा हराएर फेरि क्यारे । नयाँ पुस्तामा चाहिँ ऋचा शर्माको अभिनय रियालिस्टिक लाग्छ ।

नाटक :
म फिल्मभन्दा बढी नाटक नै हेर्न रुचाउँछु । भरसक समय मिलाएर थिएटरहरूमा पुग्ने गर्छु । गतवर्ष शिल्पी थिएटरमा ‘माधवी’ हेरेको थिएँ । निकै मन छोयो । अस्ति भर्खरै ‘ययाती’ पनि हेरेँ ।

ग्याजेट :
आइफोन सेभेन चलाई राखेको छु । सजिलो लाग्छ । लेखन कार्य चाहिँ म्याक बुक प्रोमा हुन्छ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?