कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रालय र मन्त्री निवास तयार

कान्तिपुर संवाददाता

धनुषा — जनकपुर चुरोट कारखाना (जचुकालि) को चार तले अधिकृत निवास भवनमा प्रदेश २ का चार वटा मन्त्रालय स्थापना गरिएको छ । 

पहिलो तलामा सामाजिक विकास, दोस्रो तलामा आर्थिक मामिला तथा योजना, तेस्रो तलामा आन्तरिक मामिला तथा कानुन र चौथो तलामा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको बोर्ड झुन्ड्याइएको छ । मन्त्रालयलाई सुविधासम्पन्न बनाउन कर्मचारी र कामदार खटिएका छन् । टेबल–कुर्सी र सोफाले मन्त्रीको कार्यकक्ष सजाइएको छ ।


लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको आवासीय क्षेत्रमा प्रदेश मन्त्रालय, मन्त्री निवास र अन्य बन्दोबस्त मिलाउने काम तीव्र बनेको छ । संरक्षण अभावमा जीर्ण जचुकालिको भवनले नयाँ रूप पाएको छ । ‘दुई–चार दिनमै मन्त्रालय र मन्त्रीको निवास तयार हुन्छ,’ मर्मतसम्भारमा खटिएका एक कर्मचारी भने, ‘मन्त्रालय र मन्त्री निवास रहने सबै भवनलाई मर्मत गरी रंगरोगन गरिएको छ ।’


जचुकालिका वरिष्ठ अधिकृत बस्ने चार वटा क्वार्टरलाई मर्मतसम्भार गरिएर मन्त्रीको निवास बनाइएको छ । ती चार वटै क्वार्टर भवनमा एकै प्रकारको रंग, कार्पेट, फर्निचर लगाइएको छ । मन्त्री निवासको तल्लो तल्लामा एउटा बेडरुम, बैठक कक्ष, किचन रहेको छ भने माथिल्लो तलामा मन्त्रीको बेडरुम बनाइएको छ । मंगलबार बिहानैदेखि मन्त्रालय र मन्त्री निवासलाई अन्तिम रूप दिन आँगनमा इँटा ओछ्याउने काम भइरहेको छ ।


जचुकालिको कम्पाउन्डभित्र प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आवास, प्रदेश प्रमुखको कार्यालय र आवास, चार वटा मन्त्रालय र मन्त्रीहरूको आवास राखिएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?