कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेर गएकाे प्लाष्टिकबाट अाम्दानी गर्न सकिने : उपकुलपति डा. पोखरेलले

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा. जीवराज पोखरेलले नेपालमा विज्ञानको प्रयोग अपरिहार्य रहेको बताएका छन् । 

खेर गएकाे प्लाष्टिकबाट अाम्दानी गर्न सकिने : उपकुलपति डा. पोखरेलले

वातवरण दिवसको पूर्वसन्ध्यामा सोमबार राजधानीमा गोल्डेन गेट कलेजका विद्यार्थीले आयोजना गरेको ‘प्लाष्टिकको सम्भावना र चुनौती विषयक’ बहस प्रतियोगितामा बोल्दै पोखरेलले खेर गएको प्लाष्टिकलाई सदपुयोग गर्न सके आर्थिक उपलब्धि हासिलमा सहयाेग पुग्ने बताए ।

राज्यले विज्ञान तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै उनले बढ्दो जनसंख्या, वातवरणीय ह्रास र प्रविधिको दुरपयोग अहिलेको प्रमुख समस्या रहेको बताए ।

कार्यक्रममा नाष्टका वैज्ञानिक डाक्टर रविन्द्र ढकालले प्लाष्टिकको प्रयोगलाई न्यूनीकरणका साथै पुनःप्रयोग हुन नसक्ने प्लाष्टिकबाट डिजेल निकाल्न सकिने बताए । नाष्टले खेर गएको प्लाष्टिकबाट डिजेल उत्पादन सम्बन्धि अनुसन्धान गरिरहेको र यसबाट सफलता हासिल गरेको उनले दाबी गरे ।

पाेखरेलले प्लाष्टिकजन्य फोहोरलाई प्रयोग गर्ने बारे प्रस्तुति समेत दिएका थिए । राजधानीमा वातावरण विज्ञान पढाइ हुने कलेजलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा भक्तपुरको ख्वपा कलेज विजयी भएको कलेजका वातवरण विज्ञानका स‌याेजक प्रकाशचन्द्र अर्यालले बताए ।

प्रकाशित : जेष्ठ २२, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?