कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कोखे समाज काठमाडौँ’ गठन 

काठमाडौँ — गोरखा नगरपालिका–२ कोखेबाट काठमाडौं आएर विभिन्न पेशा, व्यवसाय र अध्ययन–अनुसन्धानमा संलग्नहरुको शनिवारको भेलाले टेकजङ बोहराको अध्यक्षतामा ‘कोखे समाज काठमाडौं’ गठन गरेको छ । 

‘कोखे समाज काठमाडौँ’ गठन 

समाजको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र आले, उपाध्यक्षमा अब्दुल्लाह मियाँ, सचिवमा मुमजन मियाँ, सहसचिवमा अफ्जल मियाँ र कोषाध्यक्षमा रञ्जु बोहरा चयन भएका छन् ।


बालकृष्ण श्रेष्ठ, दण्डप्रसाद भट्ट, सुवास थापा मगर, जगत बानियाँ, रेशम बानियाँ सदस्य चयन भएका छन् ।


समाजले बुद्धिजिविहरु इश्वरचन्द्र बानियाँ, कृष्ण भण्डारी, ज्ञानप्रसाद श्रेष्ठ र नारायण भण्डारीलाई सल्लाहकार बनाएको छ ।


समाजले काठमाडौंमा रहेका गोरखा नगरपालिका–२ का वासिन्दालाई समेट्दै कोखेको विकास, समृद्धि र उक्त क्षेत्रको समग्र उत्थानका साथै काठमाडौंमा आइपर्ने आकस्मिक सहयोगलगायतका क्षेत्रमा काम गर्ने नीति लिएको छ ।

प्रकाशित : असार २३, २०७५ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?