अपाचे आरआर ३१० सार्वजनिक

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौँ — अपाचे आरआर ३१०, ३१२ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन रहेको कम्पनीले जनाएको छ ।

काठमाडौं (कास)– टीभीएसले नाडा अटो सोमा आफ्नो सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१० सार्वजानिक गरेको छ ।

टीभीएस अपाचे आरआर ३१०, टीभीएस अपाचे स्टेबल कम्पनीको पछिल्लो प्रस्तुति रहेको जारी विज्ञप्तिमा छ ।

Yamaha

टीभीएस अपाचे आरआर ३१० रेसबाट प्रेरित भएर ठाडो स्पिडो–कम–त्याकोमिटर जडित छ, जसमा १८ रेसिङ टेल–टले डाइग्नोस्टिक्स र कम्प्रेसिभ पोस्ट–राइड एनालिसी रहेको जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०७५ १४:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

हिजरी सम्बत् १४४० सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार रातीदेखि इस्लामिक नयाँ वर्ष हिजरी सम्बत् १४४० सुरु भएको छ ।

मंगलबार मग्रीबको नमाज (सूर्यास्तपछिको प्रार्थना) पछि नयाँ वर्ष हिजरी सम्बत् १४४० को पहिलो महिना मोहर्ररम सुरु भएको हो । बुधबार मोहर्ररमको पहिलो तारिख हो ।

इस्लाम धर्मका सबै चाड पर्व हिजरी सम्बत् अर्थात् हिजरी पात्रो अनुसार नै तय हुन्छन् । नयाँ वर्षको खुसियालीमा नेपालमा पनि विगत केही वर्षदेखि विभिन्न कार्यक्रम गर्ने गरिएको छ । धार्मिक, साँस्कृतिक र सामाजिक कार्यक्रम गरी नयाँ वर्ष स्वागत गरिन्छ ।

हिजरी पात्रोको नवौँ ‘रमजानल मुबारक’ महिनामा मुसलमानले एक महिना ब्रत बस्छन् र ३० दिनपछि इद–उल–फित्र मनाउँछन् । यस्तै, १२ औँ ‘जिलहिज्जा’ महिनामा धनाढ्य र सक्षम मुसलमान हज (तीर्थ) गर्न साउदी अरबको मक्का र मदिना जान्छन् । यही पात्रो अनुसार इद–उल–अजहा अर्थात बकर इद मनाईन्छ ।

प्रकाशित : भाद्र २७, २०७५ १४:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT