कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माछापुच्छ्रेमा घरबाटै खाता खोल्न सकिने योजना

काठमाडौँ — माछापुच्छ्रे बैंकले अनलाइनमार्फत घरबाटै खाता खोल्न सकिने योजना ल्याएको छ । बैंकको वेबसाईटबाट ग्राहकले खाता खोल्ने फारम भर्नुपर्नेछ । इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाइल, ट्याबलेटको प्रयोग गरी सहजै खाता खोल्न सकिने बैंकले जनाएको छ । 

माछापुच्छ्रेमा घरबाटै खाता खोल्न सकिने योजना

बैंकले बचत खातामा दिदै आएको ब्याजदर समेत वृद्घि गरि ७ प्रतिशतसम्म पुर्‍याएको जनाएको छ । बैंकका मुलुकभर ८६ शाखा, २ एक्सटेन्सन काउन्टर, २८ शाखारहित सेवा र ९९ वटा एटीएम सञ्चालनमा रहेका बैंकले जनाएको छ ।


प्रकाशित : आश्विन २, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?