कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तहल्काले सुरु गर्‍यो अनलाइन टिकट 

कान्तिपुर संवाददाता

काठमाडौँ — घर जान कतै टिकट त पाउनु भएको छैन ? पोखरा जान हो भने अब चिन्ता नलिनु । टिकट लिनका लागि काउन्टर सम्म पनि पुग्न पर्दैन । तहल्का टूर एण्ड ट्राभल्सले सोमबारदेखि अनलाईन मार्फत टिकट दिन सुरु गरेको छ ।

तहल्काले सुरु गर्‍यो अनलाइन टिकट 

तहल्काको बस काभ्रेको धुलिखेल र भक्तपुरबाट पोखरा, पोखराबाट धुलिखेल र भक्तपुरसम्म छुट्छन् । अनलाइन टिकटसँगै यात्रुहरुले तहल्का बस डटकमडटएनपी, बस सेवा डटकम, इसेवा डटकम डट एनपीबाट सिधै टिकट काट्ने सुविधा मिलाएको छ ।


यो प्रविधिलाई तहल्काले दशैपछि पनि निरन्तर कायम राख्ने भएको छ । यात्रुहरुले अनलाईन टिकट काटिसकेपछि आइएमइ पे, आइपे, एससिटी कार्डलगायत पमेन्ट गेटवेका साथै अधिकांश मोवाइल बैंकिक तथा इन्टरनेट बैंकिकमार्फत रकम भुक्तानी गर्न सक्ने छन् ।


लामो समयदेखि भक्तपुरदेखि पोखरासम्म पर्यटकीय बस सेवा संचालन गर्दै आएको तहल्का कम्पनीपूर्ण रूपमा अटोमेसनमा गएपछि अनलाइनबाट टिकट दिन सुरु गरेको हो ।


कम्पनी संचालक जनकराज तिमिल्सेनाले आफ्नो कम्पनीका बसको टिकट काट्न काउन्टरमा आउनु पर्ने बाध्यता हटेको बताए । ‘यसले समय र अतिरिक्त खर्चको बचाउ समेत गरेको छ,’ उनले भने, ‘हामीले पर्यटक बसमा हुनुपर्ने सबै किसिमका मापदण्ड समेत अपनाएका छौं ।’ सबै बसमा एसी, एलइडी टिभी, पानी, फ्रुट केकको सुविधा समेत छ ।

प्रकाशित : आश्विन २२, २०७५ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?