कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईटीएफमा राई निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय ट्रेड युनियन इन्टरनेशनल ट्रान्सपोर्ट वर्कश फेडरेशन (आइटीएफ) लण्डनको ४४ औँ कांग्रेसले केन्द्रीय सदस्यमा अजयकुमार राईलाई निर्वाचित गरेको छ । 

आईटीएफमा राई निर्वाचित

कांग्रेसले ५ वर्षका लागि नयाँ कार्य समिति चयन गरेको हो । ‘ट्रन्सपोर्ट विल्डिङ पावर’ भन्ने नाराका साथ विश्वभरका करिब दुई हजार भन्दा बढी यातायात व्यवसायीको सहभागीता रहेको राईले बताए । नेपालबाट केन्द्रीय सदस्य निर्वाचित हुने राई पहिलो हुन् ।


१ सय २२ वर्ष भन्दा अघि स्थापित उक्त संस्थामा १ करोड ९० लाख सदस्य रहेका छन्। १ सय ५० भन्दा बढी मुलुकका यातायात,जल,हवाई,रेल,सडक,बन्दरगाह लगायत ६ सय ५० भन्दा बढी युनियन समावेश फेडेरेशनको उक्त सम्मेलनले एशिया प्रशान्त क्षेत्रीय सडक तर्फबाट उनलाई उपाध्यक्ष निर्वाचित गरेको छ।


त्यसैगरी राई नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय उपाध्यक्षसमेत हुन् । फेडेरेशनको १ सय २२ वर्षको इतिहासमा विश्व कार्य समितिमा पुग्ने राई पहिलो नेपाली हुन् ।


६० सदस्यीय विश्व कार्य समितीको अध्यक्षमा अष्ट्रेलियाका पेडी क्रुमलिन र महासचिवमा स्टेफन कटन निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : कार्तिक ७, २०७५ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?