कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्ल्डलिंकलाई आउट स्ट्याण्डिङ यूजर अर्गनाइजेशन अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनीकेशन्स प्रालि अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

वर्ल्डलिंकलाई आउट स्ट्याण्डिङ यूजर अर्गनाइजेशन अवार्ड

एशियन ओसेइएन क्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन (असोसिओ)ले जापानको राजधानी टोकियोमा आयोजना गरेको अवार्ड कार्यक्रममा नेपालबाट वर्ल्ड लिंकले अवार्ड पाएको हो ।


संस्थाले आउट स्ट्याण्डिङ यूजर अर्गनाइजेशन अवार्डद्वारा वर्ल्ड लिंकलाई सम्मानित गरेको हो । यो अवार्डबाट सम्मानित हुने वर्ल्ड लिंक नेपालबाट पहिलो कम्पनी भएको छ ।


टोकियोमा गत नोभेम्बर ८ तारिख आयोजिक अवार्ड वितरण समारोहमा असोसीओका अध्यक्ष डेविड वाङले वर्ल्ड लिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरे । कार्यक्रममा विश्वभरका ३३ मुलुकबाट हजारभन्दा बढी कम्पनी तथा उनीहरुका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित : कार्तिक २६, २०७५ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?