कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युतीय सामग्रीहरुको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनी हुने

काठमाडौँ — नेपाल विद्युतीय व्यवसायी महासंघले राजधानीमा आगामी पुष ६ गतेदेखि १० गतेसम्म निक इलेक्ट्रो टेक–२०१८ सञ्चालन गर्ने भएको छ ।

विद्युतीय सामग्रीहरुको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनी हुने

विद्युत तथा विद्युतीय सामग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको नवौं संस्करण गर्न लागेको हो ।


उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनका अत्यधिक टेवा पुर्‍याउने उद्देश्यका साथ यस वर्ष, ‘आर्थिक समृद्धिको संवाह–उर्जा’ को नारा लिएर आयोजना हुने लगोको निक इलेक्ट्रो टेक २०१८ले इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसाय प्रवर्द्धन गर्ने आयोजकले जनाएको छ ।


प्रदशर्नीमार्गमा हुने उक्त प्रदर्शनीमा ७७ वटा प्याभिलियन तथा स्टलहरु राखिने छन् । त्यहाा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिब्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।


प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तक्र्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ ।

प्रकाशित : मंसिर २५, २०७५ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?