कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिनेशले तोडे १९ वर्षअघिको कीर्तिमान

लेखनाथ — आर्मीका दिनेश श्रेष्ठले राष्ट्रिय भारोत्तोलनमा १ सय ५ केजी तौल समूहको १९ वर्षपछि पुरानो राष्ट्रिय कीर्तिमान तोडेका छन् । सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली खेलुकदमा मदन शिवभक्तिले स्न्याचतर्फ बनाएको १ सय २० केजीको कीर्तिमान दिनेशले भंग गरेका हुन् । उनले शुक्रबार पोखरामा १ सय २१ केजी उचालेर नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे । 

दिनेशले तोडे १९ वर्षअघिको कीर्तिमान

राखेप च्याम्पियनसिपअन्तर्गत २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलनमा क्लिन एन्ड जर्क र कुलमा समेत पहिलो भएर दिनेशले तीन स्वर्ण आºनो पक्षमा पारे । स्न्याचमा १ सय २५ केजी उचाल्ने प्रयास भने असफल रह्यो । उनले क्लिन एन्ड जर्कमा १ सय ४० केजीसहित कुल २ सय ६१ केजी भार बहन गरे । स्न्याचतर्फ पुलिसका सन्देश गुरुङले १ सय केजीसाथ रजत र बाराका मोहम्मद आशिफ हुसेनले ८८ केजीसाथ कांस्य जिते । सन्देशले क्लिन एन्ड जर्कमा १ सय ३२ र कुल २ सय ३२ केजीसाथ रजत र हुसेनले क्लिन एन्ड जर्कमा १ सय ५ र कुल १ सय ९३ केजीसाथ कांस्य पाए ।

पोखरा उद्योग वाणिज्य संघको हलमा प्रतियोगिताको अन्तिम दिन आर्मीकै पुकार गुरुङले १ सय ५ केजी माथिको तौलमा आºनै नामको कीर्तिमान सुधार्दै स्वर्ण जिते । उनले स्न्याचमा सातौं राष्ट्रिय खेलकुदमा राखेको १ सय २४ केजी तौलमा सुधार गर्दै १ सय २५ केजी भार बहन गरे । दोस्रो स्थानमा पुलिसका राजीव महर्जन रहे । उनले ९५ केजी भार उचाले । कञ्चनपुरका सुवास उपाध्यायले ८७ केजीसाथ स्न्याचमा कांस्य पाए । पुकारले क्लिनमा १ सय ४० केजी र कुल २ सय १५ केजी गरी पहिलो स्थान हात पारे । क्लिन एन्ड जर्कमा सुवासले १ सय २० केजीसाथ रजत जिते । राजीवले क्लिनमा १ सय १८ केजी उचालेर कांस्य जिते । कुलतर्फ राजीवले रजत र सुवासले कांस्य पाए ।

८५ केजी तौलमा आर्मीका सुरेन्द्र श्रेष्ठले स्वर्ण हात पारे । उनले स्न्याचमा १ सय ५, क्लिन एन्ड जर्कमा १ सय २७ केजी भार बहन गरे । पुलिसका गगन चन्दले स्न्याचमा ९३, क्लिनमा १ सय १७ केजी भार उचालेर रजतमा चित्त बुझाए । तेस्रो भएका कञ्चनपुरका विशालसिंह विष्टले स्न्याचमा ८५, क्लिनमा १ सय १५ केजी उचालेका थिए । पुरुषकै ९४ केजी तौलमा आर्मीका टहलबहादुर बसेलले क्लिन एन्ड जर्क र कुलतर्फ स्वर्ण जिते । उनले क्लिनमा १ सय २७ र कुलमा २ सय १७ केजी उचाल्न सफल भए । उनले स्न्याचमा भने ९० केजीमात्रै उचालेर रजतमा चित्त बुझाउनुपर्‍यो । उनले स्न्याचमा पुलिसका श्रीकृष्ण महर्जनलाई स्वर्ण सुम्पे । श्रीकृष्णले स्न्याचमा १ सय केजी उचाले । उनले क्लिनमा १ सय १० केजी र कुलमा २ सय १० केजीसाथ रजत थापे । भक्तपुरका जयदी कोजुले स्न्याचमा ८१ केजी, क्लिनमा १ सय १० केजीसहित कुल १ सय ९१ केजी उचालेर तीन कांस्य पाए ।

च्याम्पियनसिपमा आर्मीका कमलबहादुर अधिकारीले पुरुषतर्फ स्ट्रोङगेष्ट र उत्कृष्ट लिफ्टरको उपाधि जितेका छन् । महिलामा स्ट्रोङगेस्ट खेलाडीमा पुलिसकी तारादेवी पुन र उत्कृष्ट लिफ्टरमा आर्मीकी सञ्जु चौधरी चुनिए । उनीहरूले जनही ५ हजार पुरस्कार पाए । राष्ट्रिय कीर्तिमान बनाएका खेलाडीले पनि ५ हजार पुरस्कार पाए । प्रतियोगितामा सात राष्ट्रिय कीर्तिमान बनेका थिए ।

आर्मी, प्रहरी र एपीएफसहित १४ जिल्लाका २४ महिला र ५९ पुरुष खेलाडीको सहभागिता थियो ।

प्रकाशित : पुस २९, २०७४ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?