१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

देवदह र होराइजन सेमिफाइनलमा

बुटवल — सिद्धार्थ रंगशाला भैरहवामा जारी रूपन्देही टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार देवदह क्रिकेट युनिट र न्यु होराइजन क्रिकेट क्लब बुटवल सेमिफाइनल पुगेका छन् ।

पहिलो खेलमा देवदहले ज्ञानोदय क्रिकेट क्लब करहियालाई १४ रनले हरायो । टस हारेर ब्याटिङ गरेको देवदहले ८ विकेट गुमाई १ सय १४ रन बनायो । कुशल भूर्तेलले २८, प्रकाश केसी र सन्दीप जोराले १३–१३ रन बनाए । ज्ञानोदयका कृष्ण पराजुलीले ३ र संगम थापाले २ विकेट लिए ।

यसअघि टस जितेको साई ग्लोबले १९.२ ओभरमा सबै विकेट गुमाई ८२ रनमात्रै बनायो । आशुतोष पासवानले ४२ र अजय रसाइलीले १६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा होराइजनका कुशल मल्लले ४ र अनिल खरेलले २ विकेट लिए ।

प्रकाशित : चैत्र ७, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?