कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेल र ट्रोटले नेपालविरुद्ध खेल्ने

काठमाडौँ — इंग्ल्यान्डका पूर्व ब्याट्सम्यानद्वय इयान बेल र जोनाथन ट्रोटले नेपालसँग लर्डसमा खेल्ने भएका छन् । क्रिकेटको ‘मक्का’ मानिएको लर्डसमा बेल र ट्रोटले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बाट खेल्न लागेका हुन् । एमसीसी, नेपाल र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक एकदिने ट्वान्टी–२० शृंखला जुलाई २९ मा हुँदै छ ।

बेल र ट्रोटले नेपालविरुद्ध खेल्ने

श्रीलंकाका पूर्व कप्तान माहेला जयवद्र्धनेको नेतृत्वमा एमसीसीले शुक्रबार १२ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । जयवद्र्धने श्रीलंकाबाट टेस्ट, वान–डे र ट्वान्टी–२० गरी तीनै संरचनामा सर्वाधिक रन बनाउने खेलाडी हुन् । सन् २००२ र २००६ मा लर्डसमा शतक बनाइसकेका जयवद्र्धने २०१५ मा एमसीसीका आजीवन सम्मानित सदस्य भएका थिए ।

३६ वर्षे बेलले १ सय १८ टेस्ट, १ सय ६१ वान–डे अन्तर्राष्ट्रिय र आठ ट्वान्टी–२० खेलिसकेका छन् । टेस्टमा ७ हजार र वान–डे अन्तर्राष्ट्रियमा ५ हजार रन बनाउनेक्रममा बेलले क्रमश: २२ र ४ शतक बनाएका छन् । त्यस्तै ट्रोटले ५२ टेस्टमा ३ हजार ८ सयभन्दा बढी रन र ६८ वान–डे अन्तर्राष्ट्रियमा २ हजार ८ सयभन्दा बढी रन बनाएका छन् । ३७ वर्षे ट्रोटले सात ट्वान्टी–२० अन्तर्राष्ट्रिय पनि खेलेका छन् ।

एमसीसी टोलीमा समेटिएका अन्य खेलाडीमा निक कोम्टन र पिटर मुर छन् । कोम्टनले १० वर्ष लर्डसमा अवस्थित मिडलसेक्सबाट काउन्टी क्रिकेट खेलेका थिए । उनले आफूले खेलेको १६ मध्ये २ टेस्ट लर्डसमै खेलेका थिए । उनले टेस्टमा दुई शतक पनि बनाएका छन् । जिम्बावेका अन्तर्राष्ट्रिय मुरले हालैमात्र हरारेमा अस्ट्रेलिया र पाकिस्तानसम्मिलित ट्वान्टी–२० त्रिकोणात्मक शृंखलामा खेलेका थिए ।

विकेटकिपर पनि रहेका उनले एमसीसीबाट २०१५ मा पनि खेलेका थिए । एमसीसीको टोलीमा स्कटल्यान्डका डिलन बुज, एलास्डाएर इभान्स र मार्क वाट गरी तीन खेलाडी हुनेछन् । माथिल्लो क्रमका ब्याट्सम्यान एवं लेग स्पिनर कासिफ अली, डोमिनिक मानथोर्प र बेन सिएर्स एमसीसीको युवा टोलीका खेलाडी हुने । अलीले एसेक्स र केन्टबाट काउन्टी खेलिसकेका छन् । इंग्ल्यान्डका पूर्व खेलाडी जेम्स फोस्टरले एमसीसीको विकेटकिपिङ सम्हाल्ने छन् ।

प्रकाशित : श्रावण ५, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?