कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पारसको १ सय ६१ रन

काठमाडौँ — कप्तान पारस खड्काले इंग्ल्यान्ड भ्रमणमा सानदार शतक बनाएका छन् । पारसको १ सय ६१ रनमा नेपाली टोली शनिबार पहिलो अभ्यास खेलमा ह्याम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पूरा ५० ओभर खेलेर ३ सय ६२ रनमा अलआउट भएको थियो ।

पारसको १ सय ६१ रन

ओपनर ज्ञानेन्द्र मल्ललाई ५ रनमै गुमाएपछि आएका पारसले १ सय ६ बलको इनिङ्समा १९ चौका र ७ छक्का प्रहार गरे । तीन वर्षको अन्तरालपछि राष्ट्रिय टोलीमा पुनरागमन गरिरहेका अर्का विकेटकिपर सुवास खकुरेल ११ रनमा आउट भए । शरद भेषावकर १४ रनमा आउट भएपछि पारसले दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र रोहितकुमार पौडेलसँग मिलेर इनिङ्स उकासेका थिए ।

दीपेन्द्रले ३७ र आरिफले २७ रन बनाए । पारस ३८ औं ओभरमा आउट भएपछि नेपालको रनमा केही अंकुश लागे पनि रोहितले पुन: खुलेर खेले । रोहितले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ४४ रन बनाए । दीपेन्द्रले ४६ बल खेल्दै ५ चौका र आरिफले २५ बल खेल्दै ३ चौका प्रहार गरे । करण केसी १८ तथा सन्दीप लामिछाने र ललितसिंह भण्डारी समान १६ रनमा आउट भए ।

ललित इनिङ्सको अन्तिम बलमा पेभेलियन फर्किए । नटआउट ललितनारायण राजवंशीको खातामा २ रन थियो । स्थानीय टोलीका मिल्स कोभरले ३ विकेट लिए । यो समाचार तयार पार्दा ह्याम्पसायरको ब्याटिङ सुरु हुन लागेको थियो । ह्याम्पसायरले ३० वर्षपछि अन्तर्राष्ट्रिय टोलीलाई आफ्नो मैदानमा बोलाएर खेलेको हो ।

नेपालले थप तीन अभ्यास खेल खेलेपछि लर्डसमा एकदिने ट्वान्टी–२० त्रिकोणात्मक शृंखलामा सहभागिता जनाउने छ । त्यसमा मेरिलेबोन क्रिकेट क्लब र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि नेपालले एमस्ट्राडममा गएर नेदरल्यान्ड्ससँग वान–डे अन्तर्राष्ट्रिय खेल्नेछ । नेपालले पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?