कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेस्टमा उत्कृष्ट ब्याट्सम्यान को ?

कान्तिपुर संवाददाता

काठमाडौँ — अहिलेको पुस्ताका ब्याट्सम्यानमध्ये टेस्ट क्रिकेटमा सबैभन्दा राम्रो को छ त ? बीबीसीका सिमोन ह्युग्सले यसबारे आफ्नो मत प्रस्तुत गरेका छन्  । उनको रोजाइमा अरूको फरक मत हुन सक्छ, तर यी पाँच ब्याट्सम्यानको प्रदर्शन हेर्दा जुन मज्जा र खुसी प्राप्त हुन्छ, त्यसको आधारमा भन्न कर लाग्छ, यी खेलाडी उत्कृष्ट छन् नै  ।

टेस्टमा उत्कृष्ट ब्याट्सम्यान को ?

रोहित शर्मा (भारत)

उमेर : ३१, टेस्ट : २५, रन : १, ४७९ औसत ३९.९७
सायद रोहितको नाम यो सूचीमा हुनु धेरैका लागि आश्चर्य हुन सक्छ । तर यसमा धेरै दोष त उनकै छ । उनी जत्तिको राम्रो स्ट्रोक प्लेयर विरलै पाइन्छ । उनी प्राय: सीमित ओभरको क्रिकेटमा भारतका लागि इनिङ्सको सुरुआत गर्छन् र खेल नै जित्ने किसिमले खेल्छन् । रोहितले जसरी सजिलै खेल्नेछन्, लाग्छ, ब्याटिङ गर्न पनि सजिलो हुँदो हो । रोहितको नाममा १८ वान–डे शतक छ । तर टेस्ट क्रिकेटमा भने तीन शतक मात्रै । त्यसमध्ये पनि सुरुआती दुई शतक पहिलो दुई टेस्टमै सम्भव भएको थियो । त्यसपछि उनले आफूले खेलेको ४१ औं टेस्टमा शतक बनाए । घरमै उनको टेस्ट औसत ८५ रन छ, तर विदेशी भूमिको प्रसङ्ग आउने गर्छ, त्यो औसत झरेर २५ मा पुग्छ । उनी क्रिजमा जमिसकेको स्थितिमा पनि खराव सट खेलेर आउट हुने गर्छन् । तर पनि उनले तीन अवसरमा वान–डेमा दोहोरो शतक बनाइसकेका छन् । त्यसैले भन्नै पर्छ, उनी जत्तिको ब्याट्सम्यानले यति कम टेस्ट खेल्नु दुर्भाग्य नै हो । अचेल नयाँ युवा खेलाडीले पनि ब्याटबाट चम्कन थालेपछि हुन सक्छ, रोहितले आउने दिनमा पनि कमै अवसर पाउने छन्, टेस्ट क्रिकेटमा ।

केन विलियम्स (न्युजिल्यान्ड)
उमेर : २८, टेस्ट : ६५, रन : ५, ३३८, औसत ५०.३८
यो सूचीमा जति खेलाडी छन्, त्यसमध्ये सबैभन्दा कम चर्चा कसैको हुन्छ भने त्यो यिनै केन विलियम्सको हो । उनको ब्याटिङ शैली निकै परिपक्व छ । उनी जति सुदृढ ढंगले रक्षात्मक भएर खेल्न माहिर छन्, उत्तिकै आक्रामक भएर पनि प्रस्तुत हुन सक्छन् । एउटा तथ्य के निश्चित हो भने उनी जसरी खेल्नछ्न, त्यो पारम्परिक छ । उनको सबैभन्दा बलियो पक्षनै फुटवर्क हो, जसले उनलाई रन बटुल्न मदत गर्छ । विपक्षी फिल्डरलाई चकित पार्दै उनी ग्याप खोज्न पनि उत्तिकै सिपालु छन् । त्यसैले भन्ने गरिन्छ, उनका लागि ब्याट् कुनै अस्त्र होइन, बरु हो त संगीत वादन । उनी प्राय: ढिला खेल्ने गर्छन्, बललाई कुरेर । तर कुरेर पनि उनी शक्तिशाली प्रहार गर्न पनि सक्षम छन् । त्यसैले त उनी उत्तिकै राम्रो बलमा पनि रन प्रहार गर्न सफल हुने गर्छन् । सर्ट बलमा पनि उनको नजर एकनासे हुने गर्छ, त्यसैले उनी यस प्रकारको आक्रमणमा पनि लगातार रन बटुल्ने गर्छन् । त्यसैले त उनलाई सुरुमा धेरैले मार्टिन क्रोसँग तुलना खोजे । पछि उनले न्युजिल्यान्डका लागि सर्वाधिक रन बटुल्ने खेलाडीमा तिनै क्रोलाई उछिने, १७ शतहसहित । उनी वान डे क्रिकेटमा पनि उत्तिकै उपयोगी छन् ।

जोए रुट (इंग्ल्यान्ड)
उमेर : २७, टेस्ट : ७४, रन : ६, २७९, औसत ५१.०४
रुटको खेलको विशेषता नै हो, उत्कृष्ट गति, ब्याक फुटबलमा माहिर, अनि लगातार समान उत्कृष्ट प्रदर्शन । उनी प्राय: जोखिम उठाएर खेल्ने खेलाडीमा पर्दैनन् । रुट पनि बलका लागि प्रतीक्षा गर्न नै रूचाउँछन् । जति बेला केही पनि मात्रामा वाइड अथवा सर्ट हुन्छ, यसका सट खेल्न उनी खुबै मन पराउन गर्छन् । त्यसैक्रममा उनले शरीरको सन्तुलन पनि गज्जब राख्ने गर्छन् । बललाई खेलेयता उनी तुरुन्तै अगाडि बढ्न पनि चाहन्छन् । खास भन्ने हो भने विराट कोहली र यी रुटको खेलमा धेरै नै भिन्नता छ । रुट खासमा बलमाथि ठीक समयमा प्रहार गरेर रन आफ्नो खातामा चढाउने खेलाडी हुन् । कोहली प्राय:अफ स्टम्प्समा खेल्न मन पराउने गर्छन् । रुट भने अफ साइडमा बढी खेल्ने खेलाडी हुन् । त्यसैले उनी प्राय: एलबीडब्लू आउट हुने गर्छन् । यी सबै तथ्यपछि पनि उनको प्रशंसा गर्नै पर्ने पक्ष हो, उनी राम्रो सुरुआत लिन्छन् र त्यसलाई मध्यम ठूलो स्कोरमा परिणत पनि गर्छन् । त्यसैले त नियमित अन्तरमा अर्धशतक प्रहार गरिरहेका हुन्छन् । उनको एउटा खराव पक्ष भनेको पूर्णत: फिट रहन नसक्नु हो । ढाडको समस्याले उनी प्राय: ग्रसित देखिन्छन् ।

स्टिभ स्मिथ (अस्ट्ेरलिया)
उमेर : २९, टेस्ट ६४, रन ६, १९९, औसत ६१.३७
यी स्मिथ प्राय: परम्परागत ढंगले खेल्न भन्दा आफ्नै फरक शैलीमा खेल्न मन पराउने ब्याट्सम्यान हुन् । यहाँनिर महत्त्वपूर्ण तथ्य के भने यसले काम पनि गर्छ । सन् २०१७–१८ को एसेज सिरिजको क्रममा उनको टेस्ट औसत ६३.७५ पुगेको थियो र यो डन ब्रेडम्यानपछि टेस्ट क्रिकेटमै सर्वाधिक थियो । त्यसयता उनलको औसत ६१.३७ रनमा झरेको थियो । दक्षिण अफ्रिकाविरुद्ध बल टेम्परिङयता यी प्रतिभाशाली खेलाडी प्रतिबन्धको स्थितिबाट गुज्रिरहेका छन् । तर पनि उनी टेस्ट क्रिकेटले पछिल्लो एक दशकमा देखेका ब्याट्सम्यानमध्ये सबैभन्दा उत्कृष्ट हुन्, यसमा कुनै दुई मत छैन । उनी प्राय:अफ स्टम्पमा गार्ड लिन रूचाउने गर्छन, जबकी लगभग अधिकांस ब्याट्सम्यानका लागि यही कामका लागि रोजाइ मिडल स्टम्प्स हुने गर्छ । त्यसैले बलरका लागि उनको स्टम्प्स प्राय: स्पष्ट देखिन गर्छ । तर उनको नजर पनि उत्तिकै तेजिलो छ । बलरको आक्रमणलाई तुरुन्तै बुझेरले उनी त्यसै अनुसार रणनीति बनाउने गर्छन् । स्मिथको खेलमा ब्रेडम्यानका झल्को पाइन्छ भन्ने पनि धेरै छन् । सर्ट बलमा उनी जत्तिको बलियो त अरू छैन नै होला, त्यसैल त पछिल्लो चा वर्षमा घरमा उनको औसत छ, ९६ रनको ।

विराट कोहली
उमेर : २९, टेस्ट : ७१, रन ६, १४७, औसत ५३.९२
कोहलीले घरमा ब्याटिङ गर्नु पर्छ, रनको बाढी लाग्ने गर्छ । उनको यो प्रदर्शन त्यति बेला अझ हेर्न लायक हुन्छ, जति बेला यो निकै आक्रामक हुन्छ । त्यससमाथि उनी अचेल भारतीय टेस्ट टिमका कप्तान पनि हुन् । अरू कप्तानीको बोझले सुक्ने हुन्छन, कोहली भने अझ खुलेका छन् । उनी आफ्नो खेलका मात्र सीमित हुने गदैनन्, विपक्षी खेलाडीलाई पनि उत्तिकै उक्साइरहेका हुन्छन् ।


त्यसैले त उनको खेलमा विवादको कुनै न कुनै झल्को हुने गर्छ । अस्ट्ेर्रलियाविरुद्धको सिरिजमा उनले कप्तानीको अवसर पाए र गज्जब खेले पनि । तर उनी जत्तिको खेलाडी पनि इंग्लिस भूमिमा प्रदर्शन निकै कमजोर छ । विश्वास नहुन सक्छ, सन् २०१४ मा भारतले इंग्ल्यान्डमा खेल्दा उनको औसत थियो, १३ रन मात्रै । त्यति बेला प्राय: जेम्स एन्डरसनको बलमा लगातार माथ खाए । त्यसैले होला, यो क्षेत्रमा उनले निकै मिहिनेत गरेका छन् र अफ स्टम्प्समा खेल्दा उनको प्रदर्शनमा पनि सुधार आएको छ । त्यसैले उनको औसतले अस्ट्ेरलियाविरुद्ध ५९ रन छोएको थियो । यसमा कुनै शंका छैन, उनी यो पुस्ताका सबैभन्दा उत्कृष्ट ब्याट्सम्यानमध्ये एक हुन् ।

प्रकाशित : आश्विन ३१, २०७५ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?