कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

सन् १९७३ आजकै दिन : तेन्दुलकरको जन्म 

काठमाडौँ — सन् १९७३ मा आजकै दिन (अप्रिल २४) मा भारतीय क्रिकेटर सचिन तेन्दुलकरको जन्म भएको थियो । भारतको महाराष्ट्रमा जन्मिएका तेन्दुलकर क्रिकेटका सर्वकालीन महान् ब्याट्सम्यान हुन् । 

सन् १९७३ आजकै दिन : तेन्दुलकरको जन्म 

तेन्दुलकरले १९८९ मा १६ वर्षको उमेरमा भारतीय राष्ट्रिय टोलीबाट क्रिकेट खेल्न सुरु गरेका थिए । उनले एकदिवसीय खेलमा ५१ र टेस्टमा ४९ शतक हानेका छन् । उनले ६ सय ६४ अन्तर्राष्ट्रिय खेलमा ३४ हजार ३ सय ५७ रन बनाएका छन् । जुन दोस्रो स्थानमा रहेका श्रीलंकाका क्रिकेटर कुमार सांगाकाराको भन्दा ६ हजार रन बढी हो ।

तेन्दुलकरले एकदिवसीय खेलमा १८ हजार ४ सय २६ र टेस्ट म्याचमा १५ हजार ९ सय २१ रन जोडेका छन् । उनले २०१३ को नोभेम्बरमा खेल जीवनबाट संन्यास लिएका थिए । तेन्दुलकर अन्तर्राष्ट्रिय क्रिकेटमा सय शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन् । २०१२ मार्च १६ मा उनले बंगलादेशविरुद्ध ढाकास्थित मिरपुर स्टेडियममा भएको खेलमा सयौं हानेका थिए । तेन्दुलकरले २०१० फेब्रुअरी २४ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक दोहोरो शतकसमेत बनाएका थिए । दक्षिण अफ्रिकाविरुद्धको खेलमा तेन्दुलकरले १४७ बल खेल्दै नटआउट २ सय रन जोडेका थिए ।

प्रकाशित : वैशाख १२, २०८१ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?