कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रिय रोवोट प्रतियोगितामा नेपाललाइ ‘बेष्ट सटल कक एवार्ड’

अतुल मिश्र

काठमाडौँ — एशिया प्रसान्त क्षेत्रको भियतनाममा भएको अन्तराष्ट्रिय रोवोट प्रतियोगिता ‘एवियु रोवोकोन’, मा नेपालले पाकिस्तानलाइ पुन: पराजित गरेको छ ।

अन्तर्राष्ट्रिय रोवोट प्रतियोगितामा नेपाललाइ ‘बेष्ट सटल कक एवार्ड’

यो प्रतियोगितामा नेपालले ‘बेष्ट सटल कक अवार्ड’ समेत हात पारेको छ । भियतनाम पहिलो भएको यो प्रतियोगतामा एसिया प्रशान्त क्षेत्रका जापान, चीन, भियतनाम, मलेशिया, इन्डोनेशिया, रसिया, काजकिस्तान, थाईल्याण्ड, फिजी, भारत, पाकिस्तान, श्रीलंका लगायतका १८ मुलुकले भाग लिएका थिए ।


नेपाल लगायत १८ समूह विच भएको प्रतिस्पर्धामा, नेपालले पाकिस्तानलाई शुन्य अंकका विरुद्ध २७ अंक प्राप्त गरी विजय हासिल गरेको थियो ।


सन २००१ देखि हालसम्म निरन्तर पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस स्थिति रोवोटिक क्लवले ‘एवियु रोवोकोन’, मा आफनो सहभागिता जनाउदै आएको छ ।


क्लवका प्रशिक्षक रमेश चौघरीका अनुसार यस्तै प्रतियोगितामा रोवोटिक्स क्लवले भारतलाइ ६ पटक, दुइ पटक श्रीलंका र पाकिस्तानलाई हराएकोछ । यति मात्र नभएर रुस, साउथ कोरिया, फिलिपिन्स, कजाकिस्तान, फिजि, श्रीलंका, इरान, मलेशिया लगायतका राष्ट्र लाइ पनि नेपालले विभिन्न रोवोट प्रतियोगितामा हराएको हो ।

प्रकाशित : भाद्र ११, २०७५ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?