कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनाग्रस्त इरानी विमान भेटियो 

रोयटर्स

तेहरान — इरानको दक्षिणी क्षेत्रमा आइतबार दुर्घटनाग्रस्त विमानको भग्नावशेष मंगलबार फेला पारेको अधिकारीले जनाएका छन् । 

राजधानी तेहरानबाट दक्षिण–पश्चिमी सहर यासुजतर्फ गइरहेको एसिमन एयरलान्सको जहाज जाग्रोस पहाडमा आइतबार दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको थियो ।


विमानमा चालक, सहचालक, २ परिचारिका, २ सुरक्षाकर्मीसहित ६६ जना रहेका थिए । उनीहरू सबैको दुर्घटनामा मृत्यु भएको थियो । स्थानीय सञ्चारमाध्यमले अधिकारीलाई उद्धृत गर्दै डेना पहाडमा विमानको भग्नावशेष भेटिएको उल्लेख गरेका छन् ।


इरानी रेभोल्युसनरी गार्डको हेलिकोप्टरले जार्गोस शृंखलाअन्तर्गतको खोजीका क्रममा हिउँले आधा पुरिएको भग्नावशेष फेला परेको आपतालीन सेवाका प्रवक्ता रमेजान सरिफले बताए ।


हेलिकोप्टर पाइलटले आफूले दुर्घटनास्थलमा मानिसका छरिएका शव देखेको स्थानीय सञ्चारमाध्यममा बताएका छन् । उनले खराब मौसमका कारण शव संकलन गर्न कठिनाइ भएको उल्लेख गरे ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?