कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरिफ अध्यक्ष हुन अयोग्य : अदालत 

सिन्हवा

इस्लामावाद — पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रूपमा रहिरहन नमिल्ने फैसला सुनाएको छ ।

सरिफ अध्यक्ष हुन अयोग्य : अदालत 

सत्तारूढ दल पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल—एन) को अध्यक्षका रूपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले स्पष्ट पारेको छ ।


स्थानीय ‘दुन्या टीभी’ का अनुसार प्रधान न्यायाधीश मेन साक्विब निसारको नेतृत्वमा रहेको बेन्चले यो फैसला गरेको हो । जेलमा राखिएका कुनै पनि व्यक्तिले आधिकारिक दस्तावेजमा हस्ताक्षर गर्न नमिल्ने भएकाले सरिफले अध्यक्षका रूपमा कुनै पनि निर्णय गर्न र काम गरिरहन नमिल्ने प्रधान न्यायाधीश निसारले जनाएका छन् ।


प्रकाशित : फाल्गुन १०, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?