कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी स्कुलमा गोली प्रहार, ८ को मृत्यु

बीबीसी

टेक्सास — अमेरिकाको टेक्सास राज्यको दक्षिणपूर्वी सहर सान्टा फेमा शुक्रबार भएको गोली प्रहारमा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

अमेरिकी स्कुलमा गोली प्रहार, ८ को मृत्यु

ह्यारिस काउन्टीका अधिकारी एड गोन्जालेजका अनुसार मृत्यु हुनेमध्ये अधिकांश सान्टा फे विद्यालयका विद्यार्थी हुन् । उक्त आक्रमण अमेरिका एक साता यता विद्यालयमा भएको तेस्रो हो ।

अधिकारीले दुई संदिग्धलाई पक्राउ गरेको जनाएका छन् । पक्राउ परेकाहरू विद्यालयका विद्यार्थी भएको आशंका गरिएको सीएनएनले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार गोली प्रहारको आवाजलगत्तै विद्यालयमा अलार्म बजेपछि विद्यार्थी भागेका थिए । अमेरिकाका विद्यालयमा पटकपटक गोली प्रहारका घटना हुने गरेका छन् । यसअघि गत जनवरीमा पार्कल्यान्डको एक विद्यालयमा भएको गोली प्रहारमा १५ विद्यार्थीसहित १७ जनाको ज्यान गएको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?