कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्सलवादी आक्रमणमा ६ प्रहरी मारिए

एजेन्सी

नयाँदिल्ली — भारतको छत्तिसगढमा प्रहरीलाई लक्षित गरी आइतबार गराइएको शक्तिशाली बम आक्रमणमा ५ प्रहरीको निधन भएको छ ।

नक्सलवादी आक्रमणमा ६ प्रहरी मारिए

नक्सालवादीको प्रभाव रहेको दन्तेवडाको चोलनार गाउँमा विस्फोट गराइएको भारतीय प्रहरीले जनाएको छ । विस्फोटमा २ प्रहरी घाइते भएका छन् । घाइतेमध्ये एकको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

नक्सालवादी गतिविधि नियन्त्रण अभियानका प्रहरी नायब महानिरीक्षक सुन्दरराज पीलेका अनुसार घटनास्थल वरपर थप सुरक्षा फौज खटाइएको छ । उनले सुरक्षाकर्मीले लुकिछिपी आक्रमण गर्ने समूहको खोजी भइरहेको बताए । उनले प्रारम्भिक अनुसन्धानबाट नक्सालवादी समूहले उक्त आक्रमण गरेको थाहा भएको बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेकाले विस्तृत विवरणपछि सार्वजनिक गरिने बताए ।

उनले आक्रमणमा अत्यधिक विस्फोटक सामग्रीको प्रायोग गरिएको जनाए । घटनास्थल दन्तेवडाबाट करिब २० किलोमिटर टाढा पर्छ । छत्तिसगडका मुख्यमन्त्रीले दुई दिनपछि दन्तेवडाको भ्रमण गर्दै छन् ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?