कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काबुलको शैक्षिक केन्द्रमा बिस्फोट, ४८ को मृत्यु, ६७ घाइते

बीबीसी

काबुल — अफगानिस्तानको काबुल स्थित एक शैक्षिक केन्द्रमा बम बिस्फोट हुँदा ४८ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् । प्रहरीका अनुसार उक्त शैक्षिक केन्द्रमा पढाइ भइरहँदा आत्मघाती हमलावर प्रवेश गरी बम बिस्फोट गराएक थिए ।

काबुलको शैक्षिक केन्द्रमा बिस्फोट, ४८ को मृत्यु, ६७ घाइते

बिस्फोटमा परी मर्नेमा अधिकांश युवा-युवतीहरु रहेका छन् । उक्त शैक्षिक केन्द्रमा विश्वविद्यालयको प्रवेश परिक्षाको तयारी कक्षा लिने विद्यार्थीहरु पढ्ने गर्थे ।


यस्तै उत्तरी राज्य बाघलानमा गरिएको आक्रमणमा परी ३५ सैनिक र ९ प्रहरीको ज्यान गएको छ ।


तालिबानले सियाहरुको बाहुल्यता रहेको उक्त क्षेत्रमा भएको घटनामा आफ्नो हात नभएको बताएको छ । अफगानिस्तानको सियाहरु माथि विशेष गरेर इस्लामिक स्टेट समूहका सुन्नीहरुले लक्षित बनाउने गरेका छन् ।


काबुलको शैक्षिक केन्द्रमा गरिएको आक्रमण लगत्तै तालिबानले आफूले आफगानिस्तानमा कार्यरत रेडक्रशका कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको सुरक्षा प्रत्याभूति अब दिन नसक्ने बताएको छ । काबुलका कारगारमा बन्दी जीवन बिताइरहेका तालिबानी बन्दीहरुलाई गरिने व्यवहारका बारे समाचार आएसँगै तालिबानले सो कुरा बताएको हो ।

प्रकाशित : श्रावण ३१, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?