चाँदनी कठायत

कर्णाली संसद्‍मा असंसदीय भाषा, सांसद बोलिरहे, सभामुख रमिते बने

कर्णाली प्रदेशसभा बैठकमा शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको थियो । नेकपा सांसद करवीर शाहीले मन्त्री खड्गबहादुर खत्रीतिर औंला ठडयाउँदै भने, ‘किताब बाहिर रातो भए पनि भित्र कालो छ, तपाईं त मान्छे कालो, मन पनि कालो ।’

कर्णालीका सांसदलाई १० करोड

आफूखुसी योजनामा बजेट खर्चिनका लागि कर्णालीका सांसदले प्रदेश सरकारलाई झुकाएका छन् । सांसदको ‘तजबिज’ मा खर्च हुने जनता सडक कार्यक्रमका लागि १० करोड रुपैयाँ दिइने भएपछि आइतबार आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

'अर्गानिक प्रदेश' मा भारतीय तरकारी निर्वाध

कर्णाली सरकारले अर्गानिक प्रदेश बनाउने मुख्य नीति अगाडि सारे पनि निर्वाध रूपमा भारतीय तरकारी तथा फलफूल भित्रिने क्रम बढ्दो छ । प्रदेश राजधानी सुर्खेतमा आयात हुने तरकारीको झन्डै तीन चौथाइ हिस्सा भारतीय तरकारीले ओगटेको छ ।

निर्णय लोकप्रिय, कार्यान्वयन अलमल

कर्णाली प्रदेश सरकार गठन भएको केही महिनासम्म सरकारका मुख्यमन्त्री, मन्त्री, कर्मचारीदेखि सुरक्षाकर्मी हरेक महिनाको १ गते र १५ गते जनतासँगै श्रम गर्न पुग्थे । मन्त्रीपरिषदको दोस्रो बैठकले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिवसका रूपमा मनाउने निर्णय गरेपछि कहिले सरसफाइ, कहिले भवन निर्माणजस्ता काममा सरकारका प्रतिनिधि खटिन्थे ।

बाढीपीडितलाई पहिलो किस्ता

कर्णाली प्रदेश सरकारले जिल्लाका विभिन्न स्थानमा बस्दै आएका बाढीपीडितलाई राहतको पहिलो किस्ता बापतको रकम उपलब्ध गराएको छ । पहिलो चरणमा ५ सय १४ जनालाई रकम उपलब्ध गराएको हो । 

चाँदनी कठायतका लेखहरु :

कर्णाली प्रदेशमै उत्कृष्ट

जिल्लाको पुरानो जन नमुना माध्यमिक विद्यालयले एसईईमा ५ वर्षदेखि लगातार उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । विद्यालयले ०७१ देखि दुई वर्ष साबिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमै र तीन वर्ष कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भयो ।

ऋण काढेर कार–प्यारामोटर आविष्कार

बग्गी कारदेखि प्यारामोटर अनि प्याराग्लाइडिङ र लिफ्टले सबैको ध्यान खिच्यो । सुर्खेत जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रदेशस्तरीय युवा वैज्ञानिक प्रतिभा पहिचान कार्यक्रममा यहाँकै युवाबाट बनाइएका सामग्री प्रदर्शन गरिए ।

प्रदेशसभा बैठक : पुँजीगत बजेट बढाउन माग

कर्णाली प्रदेश सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल बुधबारदेखि सुरु भएको छ । बजेट प्रस्तुत भएको १० दिनपछि मात्रै संसद बैठकमा छलफल सुरु भएको हो । 

ठूला योजना मुख्यमन्त्री कार्यालयबाटै

कर्णाली प्रदेश सरकारले आगामी वर्षदेखि ठूला योजनाहरू मुख्यमन्त्री कार्यालयमार्फत कार्यान्वयन गर्ने भएको छ । प्रदेश सरकारले गत आइतबार संसद्मा पेस गरेको बजेटमा जलविद्युत् र पूर्वाधार विकासतर्फका ठूला योजना मुख्यमन्त्री कार्यालयमार्फत कार्यान्वयन गर्ने उल्लेख गरेको छ । 

कर्णाली प्रदेश बजेट :  स्थानीय तह खुसी, सांसद बेखुसी

कर्णाली प्रदेश सरकारले आईतबार संसदमा प्रस्तुत गरेको बजेटप्रति मिश्रित धारणा व्यक्त भइरहेका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रस्तुत गरेको बजेट समग्रमा विगतको भन्दा सुधारिएर ल्याएको प्रतिक्रिया पनि स्थानीय सरकार तथा प्रदेश सांसदबाट आएका छन् ।