विमल खतिवडा

कान्तिपुर राष्ट्रको वाचडगको बलियो भूमिकामा : अध्यक्ष सिरोहिया

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले अग्रणी सञ्चार प्रतिष्ठान कान्तिपुरले राष्ट्रको ‘वाचडग’ का रूपमा बलियो भूमिका निर्वाह गर्दै आएको बताएका छन् । कान्तिपुुर पब्लिकेसन्सको २६औं वार्षिकोत्सवका अवसरमा पब्लिकेसन्स मुख्यालय थापाथलीमा मंगलबार आयोजित समारोहमा बोल्दै सिरोहियाले पाठकको बढदो चासो र सरोकार आत्मसात गर्दै आफ्ना सामाग्रीलाई विविधीकरण गरी पत्रिकालाई थप खोज र अनुसन्धानमूलक बनाउँदै लैजाउने बताए ।

ढुंगामाटोबाटै नमुना घर

जुगल ३, तेम्बाथानका मिङ्मार शेर्पाको घर गाउँका अरूको भन्दा ठूलो छ । ढुंगा र माटोले बनाइएको घरमा झ्यालढोका पनि धेरै छन् । भूकम्पयता टहरोमा बस्दै आएको उनको चार जनाको परिवार अब यही घरमा सर्ने तयारी गर्दै छ । ‘टहरोमा धेरै बसियो,’ उनले भने, ‘अब नयाँ घरमा सर्दै छौं ।’ 

बाख्रा बेचेर चौंरी

जुगल गाउँपालिका ३ स्थित तेम्बाथानका वाङ लामा शेर्पाले सुरुमा बाख्रापालनमा गरे । सोचे जस्तो आम्दानी गर्न सकेनन् । बजार नजिक नहुँदा खसीबोका बिक्री गर्न समस्या भयो । गाउँमा यातायातको सुविधा छैन ।

विमल खतिवडाका लेखहरु :

हेलिकप्टर चढ्दा ऋणैऋण

जुगल गाउँपालिका–३ स्थित तेम्बाथानका ५५ वर्षीय दावा शेर्पालाई मुटुको समस्या देखिएपछि घरमा रुवाबासी चल्यो । काम गरिरहेका बेला उनी अकस्मात लडेका थिए । बेहोस भएका उनलाई उपचारका लागि कहाँ लाने भन्दै परिवार चिन्तित भए ।

गन्तव्य लामो झरना

चितवनको मुग्लिन बजारबाट नारायणगढतर्फ लागेपछि ७ किमी दुरी छिचोल्न साथ पुग्ने ठाउँ हो जलबीरे । अधिकांशले यो ठाउँलाई गन्तव्य बनाउन बिर्सदैनन् । गर्मी होस् वा जाडो ।

झरनामा झुम्मिँदै

चितवनको मुग्लिन बजारबाट नारायणगढतर्फ लागेपछि ७ किमि छिचोल्नासाथ पुग्ने ठाउँ हो जलवीरे । गर्मी होस् वा जाडो, यो ठाउँको यात्रामा निस्कने धेरै भेटिन्छन् । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने जलवीरेबाट करिब आधा घण्टा उकालो पैदल हिँडेपछि पुगिन्छ झरना, जुन यस क्षेत्रकै खास आकर्षण बनेको छ ।

उपत्यकाका लागि १५ लाख माला

चितवनका फूल व्यवसायी प्रकाश पन्त दुई दिनयता भाइटीकाका लागि माला तयार पार्न व्यस्त छन् । बजारमा एकै प्रकृतिका मालाको खरिद/बिक्री भएको देखेपछि उनले भाइटीकाका लागि नयाँ माला तयार पारेका हुन् । 

अस्पतालको नाम बेचेर चन्दा संकलन गरेका छैनौं : धुर्मुस

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सरकारी अस्पतालका बेथिति र सेवाप्रवाहका समस्यालाई व्यवस्थित गर्दै लैजाने बताएकी छन् । वीर अस्पताललाई डिजिटल अस्पतालका रूपमा विकास गर्न लागिएको उनले जानकारी दिइन् ।