१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आश गुरुङ

आश गुरुङका लेखहरु :

मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

हिमाली जिल्ला मनाङमा लेक लागेर बिरामी भएका २ जनालाई मनाङ प्रहरीले उद्धार गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका १, गैरीगाउँ घर भएका अन्दाजी १९ वर्षका कोप्रसाद गुरुङ र झापाको बिर्तामोड नगरपालिका ५ घर भएका अन्दाजी ३३ वर्षीय ईन्जिनियर पदम अधिकारीलाई उद्धार गरिएको हो ।

लमजुङमा बन्दुकको गोली लागेर एकजना घाइते

बन्दुकको गोली लागेर लमजुङको मर्स्याङ्दी गाउँपालिका-३, जिम्दोका ५३ वर्षीय आइतमान तामाङ घाइते भएका छन् । गाउँ माथिको लेकमा छोडेको भैंसीलाई नुनपानी दिन जाने क्रममा सिजे जंगलमा अचानक गोली लागेर घाइते भएको तामाङलाई उद्दृत गर्दै प्रहरीले बताएको छ ।

चौपाया हत्याको आरोपमा तीन जना पक्राउ

चौपाया हत्याको आरोपमा मनाङमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका-६, माथिल्लो मनाङ गाउँबाट उनीहरुलाई पक्राउ गरिएको मनाङ प्रहरीले जनाएको छ । 

सुपर न्यादी जलविद्युत्‌ आयोजनामा कार्यरत कामदारको मृत्यु

मर्स्याङ्दी गाउँपालिका ६, डहरे क्षेत्रमा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको मृत्यु भएको छ ।

लोभलाग्दो ल्वाङ गाउँ [तस्बिरहरु]

ढुंगाले छाएका पुराना मौलिक घरहरु । केहीलाई सिसा र सिमेन्ट कम तथा ढुंगा र काठ बढी प्रयोग गरी पुरानै शैलीमा बनाइएका छन् । आँगन र बाटामा ढुंगाकै छपनी । गुचुमुच्च परेका मनमोहक अनि लोभलाग्दा छन् । विदेशी र स्वदेशी पर्यटकहरु गाउँ प्रवेश गरिरहँदा फूलबुट्टे टिसर्टमाथि रातो स्वेटर, मजेत्रो, लुंगी साथै नौगेडी माला लगाएर एउटै पोशाकमा उभिँदै आमाहरु पर्यटकलाई अविर टीका र फूलका गुच्छाले स्वागत गर्छन् । पर्यटक र गाउँलेको मुहार हँसिलो देखिन्छ ।

समाधीस्थलमा डा. हर्क गुरुङको सालिक

लमजुङको मर्स्याङ्दी गाउँपालिका ७, ताङ्लीचोकमा भूगोलविद् डा. हर्क गुरुङको सालिक निर्माण गरिएको छ । डा. हर्क गुरुङ प्रतिष्ठानले उनको समाधीस्थलसँगै अर्धकदको सालिक निर्माण गरेको हो ।

बाहुनडाँडामा प्रहरी चौकीको भवन निर्माण

लमजुङको मर्स्याङ्दी गाउँपालिका-६, बाहुनडाँडामा प्रहरी चौकी भवन निर्माण गरिएको छ । ३ करोड १० लाख ४९ हजार ६ सय ७८ रुपैयाँ ३२ पैसामा प्रहरी चौकीको भवन निर्माण गरिएको लमजुङ प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेले बताए ।

बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष पक्राउ

बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष खुसीजंग गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गुरुङविरुद्ध अभद्र व्यवहार कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

घरमा आगलागी हुँदा १४ लाख बराबरको क्षति

लमजुङको क्व्होलासोथार गाउँपालिका ३ घलेगाउँको एउटा घर आगलागीले ध्वस्त बनाएको छ । आगलागीका कारण घरमा रहेका भाँडाकुँडा, लत्ताकपडा, नगद, गरगहनासहित सबै जलेको छ ।