कृष्णप्रसाद गौतम

कृष्णप्रसाद गौतमका लेखहरु :

कर्णालीमा मिस नेपाल अडिसन

मिस नेपालको आगामी संस्करणका लागि बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अडिसन भएको छ । अडिसनमा ११ जना युवतीले सहभागिता जनाएका छन् । नेपालभरका युवतीलाई प्रतियोगितामा सहभागी गराउने उद्देश्यले कर्णाली प्रदेशबाट पनि प्रतिस्पर्धी छनोट गर्न लागिएको आयोजक ‘द हिडन ट्रेजर’ले जनाएको छ । 

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफू नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेका छन् । उनी गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका हुन् । सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकसीपछि मुख्यमन्त्री कँडेलले बुधबार माओवादी केन्द्रका रणसिंह परियारलाई बिनाविभागीय मन्त्री नियुक्त गरेर बिहीबार विश्वासको मत लिन लागेका हुन् । 

कर्णालीमा बल्ल एक मन्त्री 

कर्णालीमा मुख्यमन्त्रीमा नियुक्त भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बल्ल एक जना मन्त्री थपेका छन् । उनी गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

कर्णाली साहित्य महोत्सव : पुस्तक, नेतृत्व र समृद्धिबारे बहस

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा पहिलोपल्ट आयोजना गरिएको कर्णाली साहित्य महोत्सवमा किताब, नेतृत्व र समृद्धिबारे बहस भएको छ । महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रदेश प्रमुख तिलक परियारले कर्णालीको विगत गौरवपूर्ण रहेको बताए ।

कर्णालीमा मिस नेपालको अडिसन बुधबार हुने

मिस नेपालको आगामी संस्करणका लागि बुधबार वीरेन्द्रनगरमा अडिसन हुने भएको छ । नेपालभरिका सुन्दरीहरु सहभागी गराउने गरी कर्णाली प्रदेशबाट पनि प्रतिस्पर्धी छनोट गर्न लागिएको आयोजक द हिडन ट्रेजरले जनाएको छ । 

कर्णालीमा सरकार गठन ढिलाइले लगानी सम्मेलन अन्योलमा

कर्णालीका मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएको झण्डै २ साता बितिसक्दा पनि सरकार विस्तार नहुँदा यसअघिको सरकारले वैशाख १९ र २० गते प्रदेश राजधानी वीरेन्द्रनगरमा तय गरेको लगानी सम्मेलन अन्योलमा परेको छ ।

कर्णालीमा भागबन्डाकै किचलो

कर्णाली प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको ११ औं दिनसम्म पनि भागबन्डा मिलाउन नसक्दा सरकार विस्तार हुन सकेको छैन । सत्ता गठबन्धनका दलबीच भागबन्डा नमिल्दा मुख्यमन्त्री यमलाल कँडेलले सरकार विस्तार गर्न नसकेका हुन् । 

कर्णालीमा अझै मिलेन भागबन्डा, एक्लै सरकार चलाउँदै मुख्यमन्त्री

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएको शुक्रबार ११ दिन पुग्यो । तर सत्ता गठबन्धनका दलहरुबीच भागबन्डा नमिल्दा उनी एक्लैले सरकार चलाइरहेका छन् । 

जाजरकोट भूकम्पपछिको पुनर्निर्माणमा जनशक्ति अभाव

भूकम्पका कारण घरबास गुमाएर अस्थायी टहरामा गुजारा चलाइरहेका भूकम्पपीडित मापदण्डअनुसार भूकम्प प्रतिरोधी घर निर्माण गर्न दक्ष सिकर्मी तथा डकर्मी (मिस्त्री) खोज्ने तनावमा छन् । 

माउन्टेन फ्लाइटबाटै कैलाश–मानसरोवर दर्शन गर्नेको घुइँचो

भारतीय पर्यटकका लागि चीन सरकारले कैलाश–मानसरोवर तीर्थयात्राको रुट नखोलेपछि माउन्टेन फ्लाइटबाटै दर्शनको व्यवस्था मिलाइएको छ । बुधबार मात्रै रामनवमीको अवसरमा २ सय ५० भारतीय तीर्थयात्रीले कैलाश–मानसरोवर दर्शन गरेका छन् । चीनले कोरोना महामारीका कारण ४ वर्षदेखि कैलाश–मानसरोवरको नाका बन्द गरेको छ ।