कुम्भराज राई

निजी बैंक बढे, उत्पादन र उद्योग बढेन

यहाँको सदरमुकाम र आसपासका बजारक्षेत्रमा निजी बैंकहरूको संख्या हवात्तै बढेको छ । पाँच वर्षभित्र सदरमुकाममा निजी बैंकको संख्या १० पुगेको छ । बजार सानो भए पनि बैंक दिनदिनै थपिएका हुन् ।

सहिददेखि सिद्धिचरणसम्म

राणाकालमा मूर्ति वा सालिक भारत या बेलायतबाट बनाएर ल्याइन्थ्यो । मूर्तिकार नै पनि नेपाल निम्त्याउने चलन पनि थियो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले विसं १९८२ मा नेपाली मूर्तिकारको खोजी गरे ।

रक्तस्रावले जान्छ सुत्केरीको ज्यान

सुत्केरी व्यथाले आमा मर्ने भन्ने बित्तिकै प्रायले प्रसव पीडालाई अनुमान गर्छन् । तर त्यसो होइन सोलुखुम्बु जिल्लामा प्राय: सुत्केरीहरू बच्चा जन्माइसकेपछि हुने रक्तस्रावका कारण मर्ने गरेका छन् ।

आरोहीको आँखा नयाँ शिखरमा

काइटु एक्सपिडिसन प्रालिमा आबद्ध पर्वतारोही तथा पथप्रदर्शक निमातेन्जी शेर्पाको टोलीले विगत चार वर्षयता नयाँ तीन शिखर आरोहण गरे । गतवर्ष रोल्वालिङ उपत्यकाको लाङडुङ हिमालमा पहिलोपटक आरोहण गरेको थियो ।

छुवाछूत गाउँमा घट्याे, बजारमा उस्तै

पहाडी गाउँघरमा छुवाछूतको समस्या रहेको भनिए पनि दलितका अगुवाहरू गाउँमा घट्दै गएको तर बजार क्षेत्रमा अझै नघटेको बताउँछन् । बजारमा अझै पनि विभेद हट्न नसकेको उनीहरूको भनाइ छ ।

कुम्भराज राईका लेखहरु :

मिटर ब्याजको पासोमा सिंगै गाउँ

झट्ट हेर्दा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ४ को केत्तुके गाउँ निकै शान्त देखिन्छ । तर यो शान्तिमा गाउँलेको वेदना मिसिएको अनौठो छटपटी गुम्सिएको छ । उनीहरू सजिलै मन फुकाएर आफ्ना कथा भन्ने सक्ने स्थितिमा छैनन् । त्यसो गर्दा आफैंलाई गलपासो पर्ला भन्ने भय उनीहरूलाई छ । 

बुबाबाट बलात्कृत बालिकालाई क्यान्सर भएको शंका, कुर्ने मान्छेसम्म छैनन्

जन्म दिने आमाले छाडेर गएपछि उनी आफ्नै बुबाबाट बलात्कृत भइन् । पहिलोपटक बुबाबाट बलात्कृत हुँदा संरक्षण गर्ने हजुरआमा बितिन् । त्यसपछि उनका पिताले पुन: बलात्कार गरे ।दोस्रोपटकको बलात्कार सहन नसकेपछि भने उनले उजुरी गरिन् । प्रहरीमा उजुरी गरेसँगै राक्षसरूपी बुबा जेल चलान भए ।

यिनै हुन् डा. केसीको अनशनबिरुद्ध अनशन बस्ने युवा

आफूसँग गरिएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै पुस २५ मा प्रा.डा. गोविन्द केसीले इलाममा १६ औँ अनशन सुरु गरे । त्यसको तेस्रो दिन फरक माग लिएर विजय थापाले पनि अनशन सुरु गरे । ‘नि:शुल्क स्वास्थ्य, शिक्षा र रोजगारका निम्ति संयुक्त सङ्घर्ष समिति’ नाम दिएर बसेको अनशनका क्रममा निकालिएको विज्ञप्तिमा थापालाई ‘सामाजिक अभियन्ता एवं विद्यार्थी’ भनेर चिनाइएको छ ।

खेलकुदमा लगानी ‘बालुवामा पानी’

जिल्लाका आठ स्थानीय तहमा वार्षिक रुपमा भलिबल, फुटबलजस्ता कुनै न कुनै प्रतियोगिता आयोजना हुन थालेका छन् । एउटा स्थानीय तहले कम्तीमा ५ देखि १० लाख बजेट खेलकुदका लागि विनियोजन गरेका छन् ।