विश्व पौडेल

विश्व पौडेलका लेखहरु :

अर्थतन्त्र ‘टिपिङ प्वाइन्ट’ को छेउछाउ

नेपाल सरकारको कुल ऋण आर्थिक वर्ष सन् २०११/१२ मा ५२३ अर्ब रुपैयाँ थियो । तीन वर्षपछि आर्थिक वर्ष सन् २०१४/१५ मा आइपुग्दा पनि त्यो कुल ऋण खासै नबढी ५४४ अर्ब रुपैयाँ पुगेको थियो । सन् १९८५ को आईएमएफसँगको ‘स्ट्रक्चरल एड्जस्टमेन्ट प्रोग्राम’ को ‘ह्युमिलिएसन’ सम्झेर हो वा ऋणप्रतिको हाम्रो जन्मजात वितृष्णाले हो, सन् १९९० पछिका दशकमा ऋण परिचालन गरेर काम गर्ने जोस थिएन ।

अर्थतन्त्रको अवस्था र अबको मार्गचित्र

(क) यथार्थ र सम्भावनाबीचको विरोधाभाससन् १९९१ मा भारतसँग विदेशी मुद्रा लगभग ५ अर्ब अमेरिकी डलर थियो भने वैदेशिक ऋण ७० अर्ब डलरभन्दा माथि । चीनसँग सन् १९९३ मा विदेशी मुद्रा १७ अर्ब डलर मात्र थियो, भर्खरै घटेको थ्यानआनमन काण्डले मुलुकमा राजनीतिक अस्थिरता कुनै पनि बेला बढ्ने सम्भावना देखाएको थियो भने वैदेशिक सम्बन्ध बिग्रेको पनि थियो । हाम्रा दुवै छिमेकी राष्ट्रले, अझ विशेष गरी चीनले, आज सडक, रेल लगायतका पूर्वाधारमा गरेको प्रगतिले त्यहाँको सरकारलाई स्थिरता दिएको छ र जनताको मनोबल पनि उच्च बनाएको छ ।

चिरञ्जीवी मालबाको कथामाला

उष्ण गर्मीमा उत्तर कंकालिकोट डाँडाहरूको बीचबाट बत्तिँदै आएको चिसो हावाको एकसरो स्वाद लिन बसेका पहाडिया पुरवासीहरूको तारणहार थियो– पूर्वी चितवनको बेल्सीको पुल । बिहान त्यहीँ आफ्नो सम्पूर्ण कलासहित तेक्वान्दोका विद्यार्थीहरू खेल्थे । साँझपख छुट्टै माहोल हुन्थ्यो र धेरैका लागि विपिन दाइका कथाहरूमा पाइने स्वादको छुट्टै आकर्षण थियो ।

अर्थतन्त्रको संकट र अवसरको बेला

एक अर्थमा मुलुकको रूपान्तरण गर्न आर्थिक रूपले अहिलेजस्तो अवसर कहिल्यै थिएन । गत बुधबारसम्मको तथ्यांक अनुसार वित्तीय संस्थाहरूसँग ५७ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप छ जसमध्ये ४८ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ र लगभग ९ खर्ब रुपैयाँ बैंकिङ पद्धतिमा छ । विदेशी मुद्रा सञ्चिति ११ अर्ब ३० करोड डलर छ । हामीभन्दा सम्पन्न र ठूला मुलुकहरूका दृष्टिले पनि अर्बौं डलरको यो उपलब्धता न्यून हैन ।

अर्थतन्त्र : हिजो, आज र भोलि

(क) हिजोको अर्थतन्त्र २०७४ सालको आम निर्वाचन सम्पन्न हुँदै गर्दा मुलुकको अर्थतन्त्र २०४२ सालपछि पहिलो पटक लगालग दुई वर्ष ६ प्रतिशतभन्दा बढीको दरले बढ्ने स्थितिमा थियो । विदेशी ऋण ४३३ अर्ब रुपैयाँ मात्र थियो र वैदेशिक मुद्रा सञ्चिति एघार महिनाको आयातलाई पुग्ने गरी लगभग १० अर्ब २० करोड डलर थियो । तत्कालीन अवस्थामा आएको नयाँ सरकारले ‘श्वेतपत्र’ जारी गरेर त्यस्तो अर्थतन्त्रलाई समेत खराब स्थितिका रूपमा चित्रण गरेको थियो ।

सावित्री सत्यवान, २०२०

त्यो श्यामश्वेत जमानाको कथा हो यो, जतिखेर चितवनमा दोकानहरू खासै थिएनन् । घर, छरछिमेक, खोलानाला, जीवनचर्या सबै ठीक पुराणकै जस्ता थिए । पुरुष र नारीबीच ‘प्रेम’ हुँदैनथ्यो । पुरुषहरू सानैमा बिहे गर्थे । हुर्केपछि अलि धेरै पैसा कमाए भने श्रीमती थप्थे । दुईवटी, तीनवटी श्रीमती भएका मानिस धेरै भेटिन्थे । कहिलेकाहीं हुर्किंदै जाँदा श्रीमतीले धेरै श्रद्धा गरेर, धेरै सेवा गरेर, कुनै कमलो मन भएको पुरुषको मन जिती भने वा ऊ राति अबेरसम्मै बाहिर बस्नुको सट्टा चाँडै घर फर्क्यो भने त्यही नै पुरुष र महिलाबीचको प्रेम हुन्थ्यो ।

‘महत्त्वाकांक्षी भएरै बजेट बनाइएको हो’

चालु आर्थिक वर्षका लागि अध्यादेशबाट ल्याइएको बजेट पूरै खर्च गर्न नसकेर तीन पटकसम्म संशोधन भइसकेको छ । चालु वर्षको घटाइएको बजेटको आकार १४ खर्ब ४७ अर्ब रुपैयाँ मात्र हो, जुन रकम आगामी असार मसान्तसम्म खर्च हुने छाँट छैन तर अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेटभन्दा झन्डै साढे ३ खर्बले आकार बढाउँदै आगामी वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । बजेटको आकार तथा कार्यक्रममाथि पक्ष–विपक्षमा बहस भइरहेको छ । समग्रमा बजेट कस्तो छ, यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला, के गरिनुपर्थ्यो वा के गरिनु हुँदैन थियो लगायत विषयमा केन्द्रित रहेर कान्तिपुर दैनिकले आयोजना गरेको बजेट समीक्षामा सहभागीले राखेको विचारको सम्पादित अंश :

हिमाली गुम्बाहरूको संरक्षणको आवश्यकता

कागबेनी कटेपछि उपल्लो मुस्ताङको जमिन र आकाश बिस्तारै परिवर्तन हुँदै जान्छ । अलौकिक शिलाका पर्वत, कालीगण्डकीका अपरिमेय गहिरा खोंचहरू र तीमाथि घोप्टिएर रहेका भीमकाय फिरोज रत्नजस्ता आकाशको बीचमा हिमशैलहरू हुँदै सडक उत्तरतिर लाग्छ ।

सामाजिक सुरक्षा कार्यक्रमका तीन प्रश्न

प्रश्न १ : सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनसमाजमा पछाडि परेका व्यक्तिहरूलाई अगाडि ल्याउने वा तिनीहरूलाई जीवनको आधार तयार गर्न मद्दत गर्ने भन्ने प्रश्न हाम्रो मुलुकमा २००७ सालको परिवर्तनपछि मुख्य रूपले उठ्न थालेको हो । २०१६ सालको बीपी कोइरालाको सरकारले नेपालमा पहिलो पटक बिर्ता उन्मूलन तथा प्रगतिशील कर पद्धतिको सुरुआत गरेको थियो ।

जुन २६ को सपना 

सामान्यतया अगस्ट लागेपछि बर्कलीमा केही हप्ता तातो सुरु हुन्थ्यो । स्थानीयहरू त्यसलाई ‘हिट वेभ’ भन्थे । मेरी घरभेटी बज्यै एक जना वृद्धा थिइन्, जो एक्लै बस्थिन् । क्यालिफोर्निया सुक्खा हुँदै छ भन्ने कतै पढेदेखि नै कोठामा बस्नेहरूले पानी धेरै खर्च नगरून् भन्ने उनको चाहना हुन थालेको थियो ।