किरात 'येले संवत्'को सान्दर्भिकता 

गणेश राई

काठमाडौँ — किराती समुदायमा माघको पहिलो दिन नयाँ वर्षका रुपमा मनाउने चलन छ । काँचो तरुलको भित्री भाग नङले कोट्याएर निधारमा ट्यास्स टाँसेर टीका लगाएपछि नयाँ वर्षको स्वागत गरेको मानिन्छ । यस दिन घरघरमा वन तरुल, घर तरुल, सिमल तरुल, सुठुनी (सखरखन्ड), पिडालु, बदाम, इस्कुसको जरा, गिठा, भ्याकुर आदि माटोमुनि फल्ने कन्दमुलहरु उसिनेर खाने चलन छ । पछिल्लो कालमा नयाँ वर्षलाई सांस्कृतिक र राजनीतिक अधिकारको बहालीको अभियानको रुपमा अघि बढाउने क्रम चलेको छ । जसले गर्दा नयाँपन थपिएको छ ।


किराती समुदायमा माघको पहिलो दिन नयाँ वर्षका रुपमा मनाउने चलन छ। काँचो तरुलको भित्री भाग नङले कोट्याएर निधारमा ट्यास्स टाँसेर टीका लगाएपछि नयाँ वर्षको स्वागत गरेको मानिन्छ। यस दिन घरघरमा वन तरुल, घर तरुल, सिमल तरुल, सुठुनी (सखरखन्ड), पिडालु, बदाम, इस्कुसको जरा, गिठा, भ्याकुर आदि माटोमुनि फल्ने कन्दमुलहरु उसिनेर खाने चलन छ। पछिल्लो कालमा नयाँ वर्षलाई सांस्कृतिक र राजनीतिक अधिकारको बहालीको अभियानको रुपमा अघि बढाउने क्रम चलेको छ। जसले गर्दा नयाँपन थपिएको छ।

इतिहासको दसी
नेपालको इतिहासमा गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विकसित भएको नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ मूलत: किरात कालमा सुभारम्भ भएको तथ्य उल्लेख छ।

किरात शासनकाल सात सय वर्ष रहेको उल्लेख छ। किरात जाति (याक्खा, सुनुवार, लिम्बु, राई, जिरेल, सुरेल, थामी, धिमाल, हायु आदि) हरूले किरातकालिन सभ्यताका विभिन्न आयामहरू मध्ये किरात येले संवत् पनि एक हो भनेर विश्वास गर्दछन्। किरात येले संवत् पहिचानको कडीका रूपमा लिएका छन्। यि जाति र तिनका सामाजिक संस्थामार्फत् किरात येले संवतलाई व्यापक प्रचलनमा ल्याएको पाइन्छ।

किरात समुदायको सामूहिक अस्तित्वको खोजीका क्रममा यो संवत् प्रवर्द्धन भएको हो। यो संवतलाई साझा रुपमा ‘किरात येले संवत्’ उल्लेख गर्ने गरिएको छ। लिम्बू समाजमा येले तङ्बे, बान्तावा भाषामा ‘येले दोङ’, सुनुवार भाषामा ‘येले थोचे’ भन्ने गरिन्छ। नेपालको संविधान (२०७२) ले ७ वटा संघीय प्रदेश किटान गरेको छ। प्रदेश नं.१ म यो किरात येले संवत् प्रचलन व्यापक रुपमा रहेको छ। पहिचानका रुपमा किराती राई, लिम्बू, याक्खा, सुनुवार र अन्य समुदायले उल्लेख गर्ने गरिएको पाइन्छ। विभिन्न प्रकाशनहरुमा, शिलालेखहरुमा, चिहान चौतारीमा यो संवत् किरातलिपि (सिरिजंगा लिपि) मा लिपिवद्ध गर्ने गरिएको छ। यो किरात यलम्बर संवतलाई प्रदेशको छुट्टै संवतका रुपमा प्रयोग गर्न सकिने बैरागी काइाला (तिलविक्रम नेम्बाङ) लगायत विद्वानहरुको मत रहेको छ।

संवतका प्रवर्द्धक
लिम्बू भाषामा साल/संवतलाई ‘तङ्बे’ भनिन्छ। सर्वप्रथम ‘किरात येले तङ्बे’को प्रचलन २०२९ सालदेखि प्रचलनमा आएको हो। पुष्प थाम्सुहाङ ‘असित’को सम्पादन तथा प्रकाशनमा वि.सं. २०२९ (सन् १९७२) काप्मेप्पा (जेठ) महिनामा लिथो गरेर हस्तलिखित ‘सिरिजंगा’ मासिक प्रकाशनमा आएको थियो। उक्त पत्रिकाको वर्ष १, अंक ७, वि.सं. २०३० थेसेक्रो (कातिक) मा पहिलो चोटी ‘किराती तङ्बे (संवत्) ५०७३’ उल्लेख गरेका थिए। त्यो नै किरात संवतको सुरुआती कदम थियो।
कलिगत ४० वर्ष वित्दा किरात राजा यलम्बरले काठमाडौं उपत्यकामा शासन गर्न सुरु गरे भन्ने सुब्बा प्रेम बहादुर माबोहाङ र भुपेन्द्रनाथ शर्मा ढुंगेलको दावीका आधारमा सिक्किमका जसहाङ मादेनले चासो राखे। उनै जसहाङ मादेनको पहलमा अखिल सिक्किम किरात लिम्बू चुम्लुङले ‘याक्थुङ येले तङ्बे’ ५०४९ (सन् १९८९–९०/वि.सं. २०४५–४६) मा याक्थुङ पञ्चांग प्रकाशन गर्‍यो। पुष्प थाम्सुहाङले प्रयोग गरेको आधार विक्रमजित हसरतको ‘नेपालको इतिहास’अनुसार कलि संवत् हो भने जसहाङ मादेनले प्रयोग गरेको संवत् प्रेमबहादुर माबुहाङ र भूपेन्द्रनाथ ढुंगेलको ‘संक्षिप्त नेपालको इतिहास’मा उल्लेखित कलिगत संवत् हो। किरात संवतको प्रवर्द्धन गर्ने व्यक्ति पुष्प थाम्सुहाङ थिए।

संवतबारे अन्तर्राष्ट्रिय गोष्ठी
किरात येले संवत् अध्ययन समन्वय समितिले सन् २००९ नोभेम्बर १४ र १५ तारिखमा ‘किरात येले संवत् अन्तर्राष्ट्रिय विचार गोष्ठी’ सम्पन्न गर्‍यो। यस काममा प्राचीन नेपालको इतिहासका ज्ञाता प्रा.डा. जगदीशचन्द्र रेग्मी, किरात इतिहासकार दुर्गाहाङ याक्खा राई र किरात इतिहासकार तथा संस्कृतिविद् मञ्जुल याक्थुम्बालगायतको विशेष सहभागिता रहेको थियो। गोष्ठीमा इतिहासविद्हरूले पहिलो किरात हाङ यलम्बरको स्मृतिमा ‘स्मारक संवत्’का रूपमा चलाउन उपयुक्त हुने प्रामाणिक तर्क प्रस्तुत गरेका थिए। त्यसो हुँदा (सन् २०१० मा) किरात येले संवत् ३७८९ वर्ष ८ महिना हुन आउने निष्कर्ष दिए। साविक प्रचलनमा रहेको किरात संवत् १२८१ वर्षले घट्न गयो। इतिहासमा उल्लेख पहिलो किरात हाङ यलम्बरको काललाई स्तम्भ (माइलस्टोन/कोशेढुंगा) मानेर यताको काल गणना गर्दा साबिक प्रचनलमा रहेको संवत् घटेको हो। यद्यपि, इतिहास विज्ञान पनि भएकाले अध्ययन तथा अनुसन्धान जारी छ। उक्त अन्तर्राष्ट्रिय सम्मेलनपछि समाजमा संवत् प्रयोगमा दुविधा उत्पन्न भएको पाइन्छ। तर विज्ञहरुको मतसहितको नयाँ तथ्यलाई आधार बनाउनु उचित हुने मतचाहिं बढी बलियो देखिन्छ।

किरात येले संवत् अध्ययन समन्वय समिति र किरात सवन्वय समिति (किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा) को पहलमा अन्तर्राष्ट्रिय गोष्ठी भएको थियो। ति संस्थाले पहिलो संविधान सभा (२०६४) ले संविधान निर्माण गर्दैगर्दै ‘संविधानको अनुसूचीमा किरात येले संवत् उल्लेख हुनुपर्छ’ भन्ने माग राखे। राष्ट्रपति, प्रधानमन्त्री, संविधान सभाका अध्यक्ष, संस्कृति मन्त्री, प्रमुख राजनीतिक दलका अध्यक्षहरू, संविधान सभा अवधारणापत्र तथा प्रारम्भिक मस्यौदा अध्ययन समितिका अध्यक्षलगायतलाई ज्ञापनपत्र बुझाए। त्यो कामको अगुवाइ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइालाले गरेका थिए।

नयाँ आधार
१) ३२ पुस्ता किरात राजाहरुको शासन काल १९६४ (१९६३ वर्ष ८ महिना) वर्ष रहेको।
२) किरातहरूको शासनको अन्त्य लिच्छवी राजा जय बर्माको पालामा भएको भन्ने कुरा काठमाडौंको माली गाउँमा पाइएको जय बर्माको सालिकबाट प्रमाणित भएको छ। सो सालिकको संवत १०७ अथवा ई. १८५ हुन आउँछ। (लैनसिंह बाङ्देल)।
३) जय बर्माको सालिकको ई. १८५ मा किरात राजाहरूको शासन समय १९६४ (१९६३ वर्ष ८ महिना) घटाउँदा ईपू १७७९।८ वर्षमा पुगिन्छ।
४) ई. १७७९ वर्ष ८ महिनाबाट किरात राजा यलम्बरको शासन सुरु भएको हिसाब निस्कन्छ। यही १७७९।८ मा सन् २०१७ जोड्दा ३७९६।८ (अर्थात सन् २०१८ मा किरात येले वर्ष ३७९७) हुन्छ। माघे संक्रान्तिदेखि ३७९७ सुरु हुन्छ।

निचोड
इतिहासको अध्ययन, अनुसन्धान, उत्खनन् कार्य आफैंमा जटिल कार्य हो। किरात येले संवत् अध्ययन र प्रामाणिक विषयमाथि संवत् घट्नु सोझो हिसाबले दु:खद हो। तर, विना प्रमाण एकजना व्यक्तिले चलनमा ल्याएका संवतलाई सरकारी दस्तावेजमा संलग्न गराउँदा अस्वीकार्य हुने प्रवल सम्भावना रहन्छ नै। र यो राजनीतिक मुद्दाको विषय पनि हो। समाजलाई साक्षी राखेर बृहत् बहस, अध्ययन, अनुसन्धान गरेर निष्कर्षमा पुग्न जरुरी छ। त्यही कार्यको सुरुवात भएको हो।
संवत् घटाइयो भनेर असन्तुष्टि पोख्ने र जडवादी भएर अध्ययन अनुसन्धान कार्यलाई ठप्प पार्न खोज्नु मूर्खता ठहरिन्छ। अर्कोतर्फ अध्ययन अनुसन्धान कार्यमा चासो राख्नेहरुमाथि अनेक लान्छना लगाउनु जायज होइन। अध्ययनलाई खुला राखेर किराती जातिले साझा एकता जनाउन किरात येले संवत् चलाउन जरुरी छ।
किरात येले संवत् नै भनेर स्मारक संवत् चलाउँदा प्रामाणिक हुनसक्छ। तर ‘किरात संवत्’ मात्रै भनिरहँदा प्रामाणिक संवत् बन्न नसक्ने इतिहासविद्हरुको मत रहेको छ। यसतर्फ देश–विदेशमा रहेका किरातजन्य संस्था, व्यक्ति–व्यक्तित्वहरुले यसतर्फ सोच्न जरुरी देखिन्छ। चलनचल्तीमा आएको यो संवत् कुनै व्यक्ति विशेषको मात्र लाभ–हानीको विषय होइन। सिंगो किराती जातिको अस्तित्वको सवाल हो भन्नेचाहिं प्रमुख विषय हो। यो संवत् र किरात जातिको पहिचानका समग्र पक्षको अध्ययन, अनुसन्धानका निम्ति स्थापित यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर) संस्थाले प्रदेश नम्बर १ मा किरात येले संवतको सघन प्रयोग हुने सम्भावनालाई मध्यनजर गर्दै यस संवतलाई मान्यता दिलाउने कामको पहलकदमी हुनुपर्ने माग दोहोर्‍याएको छ। मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था कार्यान्वयन हुने क्रममा तीन तहको निर्वाचन सम्पन्न भई सकेको हुँदा सरकारले नेपालमा चलेका संवतहरुलाई प्रचलनमा ल्याउन निष्कर्षमा पुर्‍याउन जरुरी छ, जसरी विक्रम संवत्, नेपाल संवतलाई राष्ट्रिय संवत्का रुपमा लागू गरिएको छ।

raiganesh@gmail.com

प्रकाशित : पुस ३०, २०७४ १४:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

देउवा सरकारको निर्णय संविधानविपरीत : पूर्वमन्त्री शाही

कान्तिपुर संवाददाता

भक्तपुर — पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शत्तिलको चलखेल बढेको बताएका छन् ।

रफत सञ्चार क्लबले आइतबार गरेको कार्यक्रममा शाहीले वाम गठबन्धको एकता तोड्ने चलखेल जारी रहे तापनि त्यसले पूर्णता नपाउने बताए । 'अब बन्ने वामपन्थीको सरकारमा केपी ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष बन्नुहुनेछ' उनले भने, 'वाम गठबन्धन सरकारको कार्यकाल पाँच वर्ष हुनेमा कसैले शंका नगर्नुस् ।'

निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संविधानको समेत उल्लंघन गर्ने काम गरेको उनको टिप्पणी छ ।

अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर देउवा सरकारले गरेको निर्णय सरासर संविधानविपरीत रहेको उनले दाबी गरे । नेता शाहीले देउवा नेतृत्वको सरकारमा लामो समय बिनाविभागीय मन्त्रीको रुपमा रहेर अस्ती शुक्रबारमात्रै राजीनामा दिएका हुन् ।

प्रकाशित : पुस ३०, २०७४ १४:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT