कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहसिक पर्यटनको अर्को संभावना: मोटर रेस 

अनिल कुमार बराल

काठमाडौँ — पहाड, पर्वत र तराईको संयोजनबाट बनेको यो देशको प्राकृतिक सडक प्याटर्न उकालो–ओरालो, वक्रहरु र तीव्र मोड़हरुले साहसिक ड्राइवे प्रदान गर्दछ । यसै करणपनि 'ड्राइभ ट्यूरिजम्' तथा 'साहसिक खेल' का रुमा यसलाई विकास गर्न सकिने प्रशस्त संभावना छ ।

साहसिक पर्यटनको अर्को संभावना: मोटर रेस 

बेजोड आत्मविश्वासका साथ एउटा टोली लगातार एक वर्षदेखि मुलुकमा मोटरर्स्पोर्टस् भित्र्याउने अथक प्रयासमा जुटी रहेको थियो । नेपाल मोर्टस् स्पोर्टस् क्लबका सदस्यहरुको अटोमोबाइल क्षेत्रमा रहेको दशौं बर्ष लगाएर बटुलेको अनुभव यस कार्यमा खन्याउन अतुर थिए । उनीहरु आफ्नो दैनिक काम भन्दापनि नेपालमा मोटर स्पोर्ट भित्र्याउने संकल्पमा बढि सय बिताइरहेका थिए । यद्यपी उनीहरुसंग केवल थियो त, अठोट, सामुहीक भावना । यही टोलीको अथक प्रयासबाट मुलुकमा भित्रियो पहिलो पटक, 'कार रेस अर्थात प्रथम अटो जिमखाना च्याम्पेनसीप प्रतियोगिता ।'


हामीले कार्यक्रम तय त गर्‍यौ तर अप्ठ्याराहरु अनिगन्ती थिए । हामीसंग रेस कार्यक्रमको ढाचा थिएन, अटो जिमखाना प्रतियोगिता भन्ने बितिक्कै धेरै मानिसहरु यो कुनै शारीरिक ब्यायमको खेल भनि बुझ्थे । यस्ता अप्ठ्याराहरु जे भएपनि टोलीले आफ्नो मातृ संस्था "नासा" जुन अन्तर्रास्ट्रिय खेलकुदका अग्रणी संस्था हो । त्यस्तै एफआइए, एफआइएम जस्ता संस्थाहरुको पूर्ण साथ र सहयोगमा कार्यक्रम गर्ने अठोट गरियो । यद्यपी न रसिंङ ट्र्याक नै छ, न कुनै सर्किट यद्यपी हतोस्साही बनेनौं । कतिपय साथीभाईहरुले 'बाइरोडमा रेस गर्छस्' भनेरसमेत औल्याए । यस्तो विषम परिस्थितिमा काम फत्ते गर्ने एउटै उपाय भनेको दिर्घ अठोट नै हो । नासाले यसअघि नै जग्गा संकलन गरेर चौर बनाएर राखेको थियो । हो त्यही जग्गामा हामीले डोजर लगाएर सम्याएर पुरानो टायरको थुप्रोबाट रेसिङ ट्र्याक बनाइयो ।


अव बाँकी रहेको कुरा भनेको सहभागीहरु जुटाउनु थियो । पहिलो पटक भएकोले सहभागीहरु कहाँबाट ल्याउने हामीसंग डाटा थिएन । कति जना सहभागी हुने हुन् हामीहरु निक्कै दुविधामा थियौ । यद्यपी सहभागीहरुको संख्या सोचेभन्दा धेरै भयो । छोटो अवधीमै यतिका सहभागीहरु आउनु भनेको उत्साहजनक थियो ।


खेललाई दुई भागमा बाँड्यौं । एउटा टाइम ल्याप र अर्को जिमखाना । दुवै खेलमा तीन चरण पार गर्दै अन्तिममा ३ जनालाई पहिलो, दोस्रो र तेस्रो घोषणा गर्ने कार्यक्रम तय गरियो । सहभागिताका लागि आएका ड्राइभरहरू उत्कृष्ट थिए । महिलाहरूको समेत सहभागिताले खेललाई अन्तराष्ट्रियस्तरको साबित गरायो । यसले एउटा महत्वपूर्ण कुराको पनि संकेत गर्‍यो, यदि हामीले राम्रो प्रशिक्षण र आधारभूत पूर्वाधार प्रदान गर्न सक्यौं भने अन्तर्राष्ट्रियप्रतियोगिताहरुमा पनि राम्रो पर्फर्म गर्न सक्ने खेलाडी तयार हुनेछन् । त्यसका लागि सर्किट, ट्र्याक जस्ता आाधारभूत पूर्वाधारहरु हुनुपर्दछ ।


अन्तमा, स्थानीय सरकारी निकायहरू, क्लबहरू र प्रेसको सहयोगमा पहिलो पटक नेपालमा राष्ट्रियस्तरको कार रेस प्रतियोगिता सम्पन्न भयो । यसले यो सहासिक खेलको संभावनालाई देखाएको छ ।


(लेखक प्रथम राष्ट्रिय अटो जिमखाना प्रतियोगिताका मुख्य संयोजक हुन् ।)

प्रकाशित : माघ २९, २०७४ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?