स्मृतिमा झा

श्रद्धाञ्जली
मधुवन पौडेल

काठमाडौँ — त्यो घडी अर्थात् परराष्ट्र मन्त्रालयको सेवामा रही लामो समय बिताउनुभएका एक वरिष्ठ व्यक्तित्वको दु:खद अवसान भएको खबर आएको दिन म आफ्नै निजी काममा सहरबाट टाढा पुगेको थिएँ । अकस्मात एकजना सहकर्मी मित्रको फोनबाट यसबारे सुन्दा स्तब्ध हुनु स्वाभाविकै थियो ।

त्यसपछि अन्तिम संस्कारको दिन, बुधबार साँझ । अपराह्न पशुपति आर्यघाटको शवदाह गृह प्रांगणमा भेला भएका सबैजनालाई झट्ट हेर्दा सबैको अनुहारमा सन्ताप, कौतुहल र शोक स्पष्ट झल्किन्थ्यो । सबैले अथक भएर हेरिरहेका थिए— एउटा निर्मम र अहिलेसम्म रहस्यमय रूपमा रहेको हत्याको सिकार हुनपुगेका पूर्वराजदूत, परराष्ट्र सेवाका पूर्वकर्मचारी र पूर्वप्राध्यापक स्व. केशवराज झाको शव, जुन पहेंँलो आवरण र फूलमालाभित्र केवल एउटा अवशेष रूपमा रहन पुगेको थियो ।

मन्त्रालय र नियोगमा झन्डै ३६ वर्ष सेवामा रहँदा पनि मलाई झासँग काम गर्ने संयोग जुरेको थिएन । तर सेवानिवृत्त भएपछि परराष्ट्र सेवाका पूर्वराजदूतको संगठन ‘अफकान’ मा ३ वर्ष उहाँ अध्यक्ष हुँदा म कोषाध्यक्ष भएकाले केही सान्निध्यता भएको थियो । मसँगको व्यवहारमा उहाँ सधैं मृदुभाषी, सहयोगी र अत्यन्त आत्मीय रहनुभयो । पूर्वराजदूत एवं पूर्व परराष्ट्र सविच मदनकुमार भट्टराई र मैले परराष्ट्र सेवा प्रवेश गर्दा उहाँ परराष्ट्र मन्त्रीको सचिवालयमा कार्यरत हुनुहुन्थ्यो । मैले सुने अनुसार उहाँले पूर्वराजदूत एवं परराष्ट्र मन्त्री गेहेन्द्रबहादुर राजभण्डारी र शैलेन्द्रकुमार उपाध्यायको निजी सचिवको रूपमा पनि काम गर्नुभएको थियो ।

Yamaha

२०३६ सालतिरको कुरा हो । परराष्ट्र सचिव उद्धवदेव भट्ट संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि हुनुभएपछि जगदीश शमशेर राणाले परराष्ट्र मन्त्रालयको सचिव कार्यभार सम्हाल्नुभएको थियो । त्यसलगत्तै सचिव राणालाई नेपाल विश्व सम्बन्ध परिषद्ले नेपालको परराष्ट्र नीतिबारे बोल्न निम्त्याएको थियो । त्यही बेला मेरो राजदूत केशवराज झासँग कुराकानी भएको थियो । ९ वर्षको अन्तरालमा लोकसेवाको खुला प्रतियोगिताबाट परराष्ट्र मन्त्रालय प्रवेश गरेका हामी तीन जनालाई नेपाल विश्व सम्बन्ध परिषद्को सदस्यता लिन प्रेरित गर्दै हुनुहुन्थ्यो, प्रायश: उहाँ आफूभन्दा कनिष्ठ कर्मचारीलाई ‘भाइ’ अथवा नामको पछाडि ‘जी’ लगाएर सम्बोधन गर्नुहुन्थ्यो ।

‘लौ भाइ † काउन्सिलको सदस्य बन्नुपर्छ, अब † काम लाग्छ †’ झा सरका यी शब्दहरू अझै कानमा गुञ्जिरहे जस्तो लाग्छ । तर त्यस लगत्तै उहाँ नियोगतिर सरुवा हुनुभएकाले त्यति निकटता हुन पाएन । परराष्ट्र सेवाको अवधिमा म र उहाँ मन्त्रालयमा ज्यादै कम समय सेवारत थियौं अर्थात् म मन्त्रालय हुँदा उहाँ नियोगमा हुने र उहाँ मन्त्रालयमा हुँदा म धेरैजसो समय नियोगतिरै खटिएको हुन्थेंँ । हामीले सेवा प्रवेश गरेको केही समयमै झा संयुक्त राष्ट्र संघस्थित नेपाल नियोगमा काउन्सिलर पदमा आर्थिक एवं सामाजिक परिषद्को काम हेर्नेगरी सरुवा हुनुभएको थियो ।

न्युयोर्कस्थित नियोगमा काम गर्नुअघि केशवले तत्कालीन पश्चिम जर्मनीको बोनस्थित नेपाली राजदूतावासमा पनि लामो अवधि सेवा गर्नुभएको थियो । विदेशमा रहँदा नेपाली समुदायलाई सहयोग गर्ने, उचित सल्लाह दिने, आत्मीयता देखाउने कूटनीतिक अधिकारीको रूपमा उहाँ चिनिनुभएको थियो । नेपालभित्र मन्त्रालयमा काम गर्दा उहाँको नयाँ पुस्ता र प्रेस जगतसँग राम्रो सम्पर्क थियो । पशुपति आर्यघाटमा उहाँलाई श्रद्धाञ्जली दिन उपस्थित पुराना पुस्ताका पत्रकार, वरिष्ठ राजनीतिज्ञ र विभिन्न क्षेत्रका प्रोफेसनलहरूको भिडले पनि यो कुरालाई पुष्टि गरेजस्तो लाग्यो ।

संयुक्त राज्य अमेरिकाबाट फर्केपछि उहाँले युरोप, अमेरिका महाशाखा प्रमुख र लगत्तै चिफ अफ प्रोटोकल रूपमा काम गर्नुभयो । शिष्टाचार महापालकै पदमा काम गर्दागर्दै उहाँ फ्रान्सका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएको थियो । परराष्ट्र सेवामा कार्यरत हुँदा राजदूत झाले विभिन्न अन्तर्राष्ट्रिय एवं राष्ट्रिय कार्यक्रममा सहभागी भएर एक कुशल कूटनीतिज्ञको भूमिका निर्वाह गर्नुभयो र नेपालको परराष्ट्र नीति अनुरूप नेपालको छवि उज्ज्वल पार्न आफ्नो तहबाट योगदान गर्नुभयो ।

गणतन्त्र फ्रान्सका लागि नेपाली राजदूत र युनेस्कोका लागि स्थायी प्रतिनिधिको रूपमा पेरिसमा कार्यरत हुँदा झाले फ्रान्स र आफू सहप्रमाणीकरण भएका युरोपेली देशसँगको द्विपक्षीय सम्बन्ध दिगो र सुदृढ बनाउन पनि ठूलो योगदान गर्नुभएको थियो । युनेस्कोमा पहिलोपल्ट ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने सन्देश पनि राजदूत झाको कार्यकालमा दिइएको रहेछ । साथै नेपालको शैक्षिक विकास, सांस्कृतिक सम्पदाको संरक्षण र नेपालभित्रका ऐतिहासिक एवं प्राकृतिक सम्पदालाई ‘वल्र्ड हेरिटेज’ सूचीमा नामांकन गराउने कार्यमा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो ।

राजदूत झाले दुईपटक नेपाल विश्व सम्बन्ध परिषद्को नेतृत्व गर्नुभयो र विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय समसामयिक विषयमा बौद्धिक अन्तरक्रियाको आयोजना गर्नुका साथै नेपालको परराष्ट्र नीतिलाई समय र परिवेश अनुसार विकास गर्न, सुधार गर्न र परिमार्जन गर्न पनि ठूलो योगदान गर्नुभयो । केही समय अघिसम्म उहाँ परराष्ट्र सेवाको पूर्वराजदूतको संगठनको सभापतिको भूमिका निर्वाह गर्नुहुँदा संगठनको तर्फबाट परराष्ट्र मन्त्रालयलाई बेला–बेलामा सल्लाह–सुझाव दिने कार्यको पनि संयोजन गर्नुभयो ।

एउटा सामाजिक र निष्कपट व्यक्तित्वको रूपमा आफ्नो छवि बनाउनुभएका राजदूत झाको दु:खद अवसान, त्यो पनि निर्मम हत्या आफैं पनि एउटा पीडादायी घटना हो । अलविदा राजदूत केशवराज झा !!

पौड्याल पूर्वराजदूत हुन् ।

Esewa Pasal

प्रकाशित : भाद्र ९, २०७५ ०८:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अनिर्णयको पीडा

कथा
दोहा एयरपोर्टको डिपार्चर लाउन्जमा नेपाल फर्कने हवाइजहाज कुरिरहेको अविनाशलाई कताकता ‘बिनासित्ती किन घर छाडेर यता आएँछु’ भन्ने आत्मग्लानि भइरहेको थियो ।
मधुवन पौडेल

काठमाडौँ — अविनाशलाई दोहा महानगरमा आएको दिनदेखि नै बाँच्न त्यति सजिलो कहाँ भएको हो र ! नयाँ देश, नयाँ सहर, ठूलो ठाउँ, आफूले सोचेभन्दा बेग्लै हावापानी, सबै थोक नयाँ ! उसले यता आउने निर्णय गर्दा कहिल्यै यो ठाउँको जीवन, रहनसहनबारे केही जान्ने इच्छा पनि गरेन !

देश छोड्नुअघि ऊ सधैं आफ्नो बाबुलाई हेथ्र्यो, एउटा मोनोटोनस जीवन बाँचिरहेका सेवानिवृत्त कर्मचारी ! उनी बिहान दुई गाँस दाल–भात टिपेर हिँड्थे र अनि बेलुकी थकित भएर घरभित्र पस्थे । तर, एउटा लक्का जवान, शिक्षित, विवेकशील र परिवारको चिन्ता गर्ने एक्लो छोरो भएर पनि अविनाश कुनै पनि निश्चित काम नभएको एउटा बेरोजगार थियो । त्यसैले गर्दा पनि अविनाशले नचाहेरै बिदेसिने निर्णय लिएको थियो !


अहिले एउटा विशाल र गगनचुम्बी भवनको दोस्रो तलामा बन्द झ्यालको छेउमा उभिएर अविनाश तल चौडा र व्यस्त सडकमा वेगले गुडिरहेका गाडीहरू र कहिले टाढा देखिने मरुभूमि र क्षितिजतिर नियालिरहेको थियो ।


एक्कासि आफ्नो पूर्वस्मृतिमा पुगेको अनुभव गर्न थाल्छ ऊ ! अविनाशको जीवनमा एकपछि अर्को गर्दै बसाइ सरिरहने क्षणहरू बारम्बार आइरहने रहेछन् कि भनी कहिलेकाहीं अविनाशलाई दिक्क पनि लाग्छ । अविनाशका बाबु काठमाडौं कुलघर ओखलढुंगाको सबै कुरा त्यतै छाडेर काठमाडौँ बसाइ सरेपछि नयाँ जीवन सुरु गर्नुपरेको कुरा सम्झन्छ ऊ ! बाबु गाउँ छोडेर लालाबालासहित राजधानी पसेपछि स्कुले साथी नयाँ, टोले साथी नयाँ, यताउति घुम्ने ठाउँ नयाँ, अनि बजार पार्क आदि सबै नयाँ देख्दा उसलाई उदेक लाग्थ्यो कि । अनि अविनाशको मनमा अनेकौं प्रश्न उठ्ने गर्थे, ‘किन गाउँ छाडेर यता आउनुपरेको होला । उता गाउँमा पनि कम रमाइलो हुन्थ्यो र ? खोलापारि मामाघर, २० मिनेट टाढा स्कुल, स्कुल जाँदा सँगै हिँड्ने जानी साथी संगाती, अनि मास्टरहरू पनि सबैजसो कि बाबु कि काका अथवा टाढाको नाता पर्ने र नाता नपर्नेहरू पनि उसको गाउँमा आउनासाथ सबै एउटा न एउटा बन्धनमा बाँधिइन्थे !’ त्यो समयलाई सधैं अविनाश आफ्नो जीवनको मधुर क्षणको रूपमा लिने गथ्र्यो ।


‘तैपनि बाले नमानेर हामी सबै जनालाई जबर्जस्ती ल्याउनुभो’ भन्दै धेरै समयसम्म अविनाश मनमनै चिढिने गथ्र्याे । सुरुमा नयाँ ठाउँमा स्कुल जाने बेला ‘पढाइको नयाँ विषय र साथीभाइ पनि सबै नयाँ, कसरी बेहोर्ने होला, कसरी आफूलाई यो सहरमा आफ्नो भनेअनुसारको ठाउँ बनाउने होला ? नयाँ ठाउँमा आफूलाई साथीभाइ र अरूले कसरी हेर्ने हुन् र आफूले कस्तो व्यवहार गर्नुपर्ने हो’ आदि कुराले उसलाई चिन्तित बनाइरहन्थे । तैपनि दिन बित्न कति सजिलो थियो र तिनताका ! सहरमा आएर सात क्लासमा भर्ना भएको अविनाशले यमए पास गरिसकेको थियो । उसका बाबु रमेशप्रसादले ४० वर्षको जागिरे जीवनपछि पनि एउटा न एउटा काम समातिरहेका थिए । उनी त्यसपछि पनि पुराना सरकारी हिसाबकिताबको अडिट गर्दै थिए अन्यत्रै करार सेवामा रहेर ! सरकारले पेन्सनबापत तलब काट्छ रे अब भनेपछि उनलाई काम गरिरहने जाँगर घट्दै गएको थियो, जाबो ५ हजारका लागि केको दौडिरहनु पनि भन्थे । तर, अविनाशलाई थाहा थियो, उनले भन्ने मात्र हुन्, छोड्न सक्दैनन् । हिजै मात्रजस्तो लाग्छ आमाले बालाई ‘अब त जान छाडे पनि हुन्छ नि’ भन्दै गनगन गरिरहेको सुनेको !
‘भो अब ! कति स्वाँस्वाँ गर्दै दगुरिरहनुहुन्छ ?’
‘के गर्ने त ? घरमा बसे झन् रोग लाग्छ सुर्ताले, भन्छन् सबै साथीभाई !’
‘जागिर सकिएपछि फेरि खायो भनेर रिस गर्ने मात्र छन्, कतिले कति हसुरेको चाहिँ कसैले देख्दैन !’
‘हो हुन त ! अविनाशले एउटा स्थायी काम पाए त साँच्चै यो नयाँ जागिर छोड्ने थिएँ !’
बाबुको पछिल्लो कुरा अविनाशको मनमा च्वास्स छोएको थियो । हुन पनि एमए पास गरेर बसेको २ वर्ष भइसकेको थियो र बहिनीको बिहे भएपछि त उसलाई एक्लै घर बस्न मन पनि लाग्दैनथ्यो, आमासँग के कुरा गरिरहने, बाहिर जान पनि मन नलाग्ने ! भनेजस्तो काम नपाइने, लोकसेवा आयोगतिर कस्सिएर लाग्ने जाँगर र उमेर गइगो भन्ने अनुभूति हुने गथ्र्याे उसलाई !
आमाको प्राय: गनगन हुने गथ्र्यो, ‘ए बाबु ! के विचार गरिस् त ? अमेरिका, अस्ट्रेलिया नमिले छाडिदे अब ! नभए खाडीतिरै पो जाने कि ?’
‘जता गए पनि जाने त भनेको हो तर गतिलो ठाउँ नै पाइन्न, पाए पनि दलालले भने जति पैसा तिर्न सकिँदैन !’
‘तेसो भए गाउँतिर स्कुलमा पढाउन जा न त अस्ति काकाले भनेजस्तो !’


अविनाश केही बोल्दैनथ्यो । उसलाई गाउँको मोह त्यतिबेला थियो जुन बेला बाबुले मधेसबाट काठमाडौं सरुवा हुनासाथ जबर्दस्ती सबै जनालाई लिएर यता आएका थिए । अनि केही वर्षअघि खाडीमा जाउँ भनेर साथीहरूले भन्दा उसले मानेको थिएन । सबैभन्दा बढी योग्यता भएर किन जुन पायो त्यही काम गर्न जानु भनेर ऊ गएको थिएन । त्यतिबेला १२ क्लास पास गरेर गएको अरुण अहिले ‘त्यहाँ एउटा क्लबको म्यानेजर भएँ म त !’ भन्दै वर्षैपिच्छे छुट्टीमा आएर उसलाई सुनाइरहन्थ्यो । सुनाउने मात्र होइन सँगै जान पनि टोकिरहन्थ्यो, अघिल्लो ईदको छुट्टीमा घर आउँदा उसले भनेका कुरा अविनाशको कानमा अहिले पनि बज्रिरहन्छन् ।
‘अहिले जे काम भए पनि जाउँm
न ! मैले कुरा गरेपछि एक महिनाको तलब मात्र कमिसन बापत दिए पुग्छ । बरु हवाई टिकट र जाने अरू खर्च आफूले हाल्नुपर्छ नि !’
‘५ वर्ष पढेर एमए पास गरेको के काम ? तँ गएकै बेलाको काम गर्नुपर्ने भए !’ भन्दै अविनाश झर्केको थियो ।
“के गर्नु हेर् न ! अस्ट्रेलियामा मभन्दा कम नम्बर ल्याउनेको चाहिँ भयो, मेरो भएन यसपालि पनि ! मलाई चाहिँ उही एकपाने चिठ्ठी, ‘तिम्रो निवेदनलाई अर्को पटकका लागि विचार गरिनेछ’ भनेर आउँछ ! भाग्यै छैन भन्या... !”
साँढे पाँच बजिसकेछ, अब त बाबु सुइय्य सुस्केरा काढ्दै आउने बेला हुन लागिसक्यो । आउनासाथ उनको एउटै रट् हुन्छ—
‘केही आयो बाबु अविनाश ?’ आज पनि उनी त्यही सोध्छन्, भोलि अनि पर्सि पनि... !
‘छैन बा ! आएको भए त म फोनमै भनिहाल्थेँ नि !’
‘अब केही लागेन अरुणले भनेझैँ यो गर्ने हो कि ? बरु उता गएर पनि कोसिस गर्दै गरे हुन्छ नि ? लोक सेवा दिएर पनि ननिक्लने भैगो त्यति ठूलो हूलमा !’
अविनाश ढोका खोलेको आवाजले झसंग हुन्छ । आज बाबुले केही सोधेनन् । उसले बाबुको अनुहार हेर्‍यो, उनी गम्भीर देखिन्थे । उसले केही नबोल्दै बाबुले भित्र पस्नासाथ भन्न थालेका थिए—
‘मैले अरुणलाई ५०,००० दिएर पठाएँ भर्खरै । के भन्छस् तँ ? केही त गर्नैपर्यो नि अब ! म पनि थाकेँ बाबु, यो पुरानो दमले पनि अब मलाई सहेन ! अरु रोग पनि निको भइहाल्ने खालका भएनन् क्यार !’
अविनाशले बाबुको अनुहारमा एक पटक हेर्‍यो, फुंग उडेको, थकित, पहेँलो, सेताम्य केश र झुस्स तिलचामले दाह्री, अनि लगभग ५ फिट १० इन्चको दुब्लो शरीर ! उसले आफ्नो गाला छामेको थियो, अनि त्यो बिहान आफूले ऐनामा हेरेको आफ्नै अनुहार सम्झ्यो । यदाकदा उसलाई एउटा हीनभावनाले पनि सताइरहन्थ्यो, ऊ न यताको भयो न उताको !
अविनाशले बाबुलाई केही जवाफ दिएको थिएन, जवाफ दिएर पनि के गर्ने, केही बोल्दा अर्को १५ मिनेटसम्म उनको सुगारटाइ सुन्नुपथ्र्यो । बरु बेलुकी पहिलैजस्तै अरुणलाई सम्झाइ बुझाइ गरेर पैसा फिर्ता ल्याउने अनि आमालाई बुझाइदिने गर्नुपर्ला भन्ने सोचमा थियो ऊ ! दुई वर्षअघि पनि उसका बाबुले काकाको प्रस्ताव अस्वीकार गर्दा ऊ बाबु र काकासँग रिसाएको थियो । अविनाशलाई साथमा लिएर जाने, बैंकसँग ऋण लिएर भए पनि पहाडको बाँकी पाखामा चिया र कफी खेती गर्ने योजना बनाएर उनीहरूको जग्गा पनि हडप्ने र थप २/४ लाख लगानी पनि गराउने योजना लिएर काका आएका थिए । २/३ दशकदेखि गाउँमा राजनीति गरेर दलबदल गरिरहने उसका काका त्यो भेगकै जाली फटाहामा पर्छन् भन्ने थाहा हुँदाहुँदै उसका बाबु लहलहैमा लागेका थिए । पछि जग्गाको कागजात नमिलेको र प्रोजेक्ट प्रपोजलमा पनि समस्या देखाएर बैंकले ऋण दिन नमानेपछि उनको योजना त्यसै थन्किएको थियो । जग्गाको आयस्ता त वर्षौंदेखि काकाले त्यसै पनि दस थोक कुरा गरेर आफैं खल्ती भर्ने गरेकै थिए !
बाबु र आमाबीच कुरा भइरहेको भित्रबाट आवाज आइरहेको थियो । यता अविनाश अझै दोधारमा थियो, अरुणसँग कतार जाने कि फेरि अर्को पटक अस्ट्रेलिया जाने प्रतीक्षा गर्ने ! अर्को तेस्रो विकल्प खोज्न कठिन थियो । ऊ त्यो दिन रातभर राम्ररी सुत्न सकेन । बिहान ऊ उठ्दा बाबु निस्कनै लागेका थिए । उनलाई देख्नासाथ अविनाशले मसिनो स्वरमा भन्यो,
‘म अरुणसँग कतार नै जान्छु ्र
बुवा !’ अविनाशतिर फर्कंदै बाबु हेरेको हेर्‍यै भएका थिए । उनको आँखामा खुसीको आँसु टप्किएको थियो ।
अनि त्यसको अर्को हप्ता अविनाश इच्छा अनिच्छाको दोधारमा कतारतिर उडेको थियो ।


अहिले दोहा एयरपोर्टको डिपार्चर लाउन्जमा नेपाल फर्कने हवाइजहाज कुरिरहेको अविनाशलाई कताकता ‘बिनासित्ती किन घर छाडेर यता आएँछु’ भन्ने आत्मग्लानि भइरहेको थियो । तीन महिनाअघि रातभरि नसुतेर चिन्ताग्रस्त भइरहँदा ऊ अकस्मात यता आउने निर्णयमा पुगेको थियो । बाबुको जिद्दी त छँदै थियो तर ऊ पनि यता आउने आफ्नै निर्णयलाई ‘अनिर्णय’ पो थियो कि भनी आफूलाई नै दोषी मानिरहेको थियो ।


वास्तवमा अविनाश यता आउँदाका दिन बेग्लै थिए, त्यो देश एउटा शान्त, सुरक्षित र बैभवपूर्ण गन्तव्य मानिन्थ्यो । तर, भर्खरै त्यो क्षेत्रको तनावपूर्ण स्थितिले उसले अहिले कतारमा कार्यरत आप्रवासी सबैको अनुहारमा अनौठो खालको त्रास र भयको रेखा स्पष्ट देखिरहेको थियो । बिदामा गएका जति आफ्ना देशमै अड्किएका र नयाँ आप्रवासी त तुरुन्त आउन सक्ने स्थिति नै थिएन ! उसलाई लाग्थ्यो, त्यो परिस्थिति अनि त्यो समय पनि अविनाशले आफैँ रोजेको थियो । समयसँग साथै जाने धैर्य थिएन उसमा ! ऊ त त्यहाँको बदलिएको परिवेशलाई नै आफ्नो प्रतिकूल भएको देखिरहेको थियो । छिमेकतिरबाट आएको अघोषित युद्धको हुंकार, उपभोग्य सामग्रीको पहिले मूल्यवृद्धि र अहिले अभावसाथै निराश हुँदै गएको आफ्नो कम्पनी प्रशासन र मालिकको निरन्तर गुनासो, कम्पनी बन्द हुन सक्ने चेतावनी र निकाल्नुपर्ने स्थिति आउने धम्की आदिले अविनाशलाई नेपाल फर्कनैपर्ने स्थितिमा पुर्‍याएको थियो ।


मनमा कुरा खेलाउँदाखेलाउँदै अविनाशले झन्डै उडानको समय नै बिर्सेको थियो, ‘ए भाइ जाने होइन अब ?’ भन्दै लाउन्जमा सँगै बसेका अधबैँसे सहयात्रीले उसलाई झस्काएपछि ऊ तन्द्राबाट जुरुक्क उठेर सहयात्रीहरूको लामतिर लाग्यो, अर्को पाँच छ घण्टामा रित्तै हात भए पनि फेरि हिमालको चिसो हावा खान आफ्नै माटोमा पुग्ने र बाबुआमाको काखमा पल्टिने सोच लिँदै ! उसको भित्री मनमा आशा पनि जागेको थियो— देशले ठूलो परिवर्तनपछि नयाँ युगमा प्रवेश गरेको अनुभूति भइरहेकाले केही होला कि ? उसको सामु एउटा अर्को संघर्षपूर्ण जीवन झन्झन् टड्कारो हुँदै थियो ।

प्रकाशित : जेष्ठ २६, २०७५ ०८:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT