कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

खानपानमा होसियारी

एकजना वयस्कले सातामा आधा किलोभन्दा बढी मासु सेवन नगर्नु उपयुक्त हुन्छ ।
डा. ढुण्डिराज पौडेल

काठमाडौँ — भनिन्छ– हुनेखाने या कमाइ हुनेहरूका लागि सधैं दसैं छ । तर गरिबका लागि दसंै दशा बनिदिन्छ । आर्थिक अभावका कारण आफ्ना सन्तानका लागि दसैंको जोहो गर्न नसकी आत्मग्लानि गर्ने थुप्रै हुन्छन् ।

खानपानमा होसियारी

वैदेशिक रोजगारीबाट आर्थिक उपार्जन गर्न सक्नेहरूले पठाएको विप्रेषणका भरमा दसैं–तिहार मनाउने परिवार धेरै छन् । दु:ख गरेर आर्जन गरेको रकम उत्पादनमूलक क्षेत्रमा लगाउनुभन्दा दसैं–तिहारजस्ता चाडपर्वमा उपभोग्य वस्तु खरिदमा खर्च गर्ने बानी समाजमा ब्याप्त छ । दसैंमा ऋण गरेरै भए पनि धित मारेर मासु सेवन गर्ने र नयाँ वस्त्र फेर्ने कल्पनामा रमाउनेहरूको संख्या पनि ठूलो छ । दसैंका बेला हतार–हतार सामान खरिद गर्दा गुणवेत्ता हेरिँदैन ।


दसैं–तिहारमा अत्यधिक मात्रामा सेवन गरिने मासुले जिब्रोलाई सन्तुष्टि मिले पनि स्वास्थ्यलाई प्रतिकूल असर पर्न सक्छ । दसैंको प्रसंगसंँगै आउने मासु सेवनबारे पनि विभिन्न विचार एवं सल्लाह, सुझाव विभिन्न माध्यमबाट आइरहेका हुन्छन् । दसैंको सेरोफेरोमा जनावरलाई नमारौं भन्ने अभियान पनि चलाएको देखिन्छ । परपरा अनुसार गाई र गोरुलाई पुज्ने भएकाले गाईगोरु मार्न कानुनी बन्देज छ । तर थारा गाई र उपयोगमा नआउने बाछालाई लगेर सडक बीचमा मर्न र मार्न छाडिदिनु पनि हत्या गरेसरह हो ।


मानिस विकासको सिद्धान्त अनुसार मांसाहारी हो कि शाकाहारी भन्ने विषयमा विवाद छ । आदिम मान्छे अन्य जनावरको सिकारमा निर्भर रहन्थे भनिन्छ । अहिलेको मानिसको शारीरिक बनावटसंँग त्यो मेल खांँदैन । मासु लुछ्न जंगली मांसाहारी जनावरका हातका नंग्रा तिखा हुन्छन्, लुछ्ने दांँतका बनावट पनि त्यही अनुसारको हुन्छ भन्ने पेटमा कांँचै मासु पचाउने कडा अम्लीय रस हुन्छ । मासु रातो र सेतो दुई प्रकारको हुन्छ । क्यालोरीका दृष्टिले बाहिरी छाला बोसो सहितको कुखुरा आदिको सेतो मासु र खसी–बोकाको रातो मासुबीच धेरै फरक हुंँदैन । तर रातो मासुको अत्यधिक सेवनबाट रगतमा बोसो जम्न सक्छ । हृदयाघातदेखि क्यान्सर समेतको बढी सम्भावना रहन्छ । शाकाहारीमा नपाइने बी १२ जस्ता अति आवश्यक पर्ने भिटामिन दूध, दहीमा पाइए पनि दुग्धपदार्थको उपब्धता र शुद्धता सुनिश्चित गर्न सकिन्न ।


मासु सेवन स्वास्थ्यका लाभदायी भए पनि एकजना वयस्कले सातामा आधा किलोभन्दा बढी मासु सेवन नगर्नु उपयुक्त हुन्छ । रातो मासुभन्दा छाला निकालिएको सेतो मासु मुटुका लागि कम हानिकारक हुन्छ । रातोको तुलनामा सेतोमा आवश्यक पर्ने भिटामिनको मात्रा कम हुन्छ । मासुसंँगै अत्यधिक मदिरा सेवन गर्ने र शारीरिक परिश्रम नगर्ने गरे नकारात्मक असर पर्न सक्छ ।

प्रकाशित : आश्विन ३१, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?