कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुर्जुवा, भेला र धूलो

समय रेखा
अहिले जो पनि धन जोड्ने काममा लागेका छन्। यसो अलिकता भए पनि लिइहाल्ने, आँखा छलेर सुविधा गोजीमा हालिहाल्ने यस्तो जोडजाड बुर्जुवाको उदय भइरहेको छ, नेपालमा र त्यो जोसुकै हुन सक्छ ।
अभि सुवेदी

काठमाडौँ — गएका हप्तामा नेपाली कांग्रेस र नेपाल कमिनिष्ट पार्टीका दुई महत्वपूर्ण र ऐतिहासिक भेला भए। कांग्रेस महासमितिको भेलाले चुनावमा पराजय भोगेको आफ्नाे दललाई कसरी जीवन्त बनाउन सकिन्छ भन्ने चाहना राखेको देखियो।

बुर्जुवा, भेला र धूलो

त्यहाँ नेपाल कमिनिष्ट पार्टीको आलोचनाका भाष्य निस्के। उतापट्टि नेपाल कमिनिष्ट पार्टीको दलमा कांग्रेसले प्रतिनिधित्व गरेको राजनीतिको आलोचना भयो। ती दुबै दलका आलोचनाका पाठ बहिर्मुखी थिए।

दुबै दल आन्तरिक समस्याले ग्रसित मानसिकताले बोल्दै थिए। कांग्रेस महासमितिका सदस्यहरmले बोलेका अन्तर्वार्ता टीभीमा सुन्यौंरु। पार्टीका शीर्षनेताका आन्तरिक कलह र शक्ति आफूमा राख्ने चाहनाले गर्दा पार्टीमा विग्रह आएको रहेछ भनेर उनीहरूले खुलेर बोलेको अघि कहिल्यै अनुभव नगरिएको विषय हो।

यहाँ धेरै बस्न अप्ठ्यारो भएका महासमितिका सदस्यहरू यसै घर फर्के। पछि सहमतिमा विधान संशोधन भयो, तर कांग्रेसले धन्द्याउन बाँकी कुरा धेरै छन् भन्ने देखियो। दुवै दलका अभिव्यक्ति अन्तरविचलन थिएरु।

त्यस्तो विचलन स्वाभाविक हो र यसको सकारात्मक पक्ष छरु। तर यसबाट केही कुरा जुन बाहिर सुन्न र पढ्न पाएका छौंरु। त्यसले हामीमा एकाध उत्सुकता जाग्नु स्वाभाविक होरु। यहाँ तिनै एकाध उत्सुकता राख्न चाहन्छु।

कमिनिष्ट पार्टीका नेताले भने अहिले काम गर्न नसकेको बुर्जुवाहरूको कारणले गर्दा हो। यसरी कमिनिष्टहरूलाई काम गर्न नदिने बुर्जुवा को हो र त्यसले कसरी काम गर्न बाधा ग¥योरु? त्यो चाखको विषय हो।

कमिनिष्ट भाष्यमा बुर्जुवाको धेरै प्रयोग हुन्छ। तर बुर्जुवा को हो भन्ने कुरा यसै पुनरावृत्ति भइरहने शब्द भएको छ। केही भन्न भाषा पाइएन भने बुर्जुवाले गर्दा भनिदिए भैगयो। पछिल्लो समय ब्रिटेन र अंग्रेजी प्रयोग गर्ने देशमा बुर्जुवाको सट्टा ‘मिडिल क्लास’ भनेर प्रयोग गर्ने चलन आएको हो।

माक्र्सले बुर्जुवालाई सामन्ती पद्धतिभन्दा अगाडि बढेको प्रगतिशील वर्ग हो भने। तर सर्वहारा र बुर्जुवाको भेद गरेर व्याख्या गरेको कुरा आज पनि सान्दर्भिक छ। तर माक्र्सले भनेको एउटा महत्वपूर्ण कुरालाई पछिल्लो समय, यो एक्काइसौं शताब्दीमा पनि प्रयोग गर्न सकिन्छ। बुर्जुवा वर्गबारे अहिले नेपालमा छलफल गर्ने महत्वपूर्ण र मज्जाको विषय हुनसक्छ।

माक्र्सले भने बुर्जुवा वर्ग एरिस्टोक्र्याट वा स्थायित्वको उपभोग गर्ने धनाढ्य वर्गमा उठ्न सक्तैनरु। पछिल्ला व्याख्या गर्नेले थपे, अहिले नयाँ मध्यम वर्ग तलब खान्छ, उसको सीप बेच्छ, उसले पढेर दक्षता हासिल गरेको हुन्छ र त्यसको आधारमा ऊ व्यवस्थापक हुन्छ, धन पनि त्यसरी नै कमाउँछ। ससाना संस्थान खोलेर दक्षताले काम गर्छरु। त्यति भए पनि ऊ धनाढ्य वर्ग वा एरिस्टोत्र्mयाट हुँदैन, ऊ ज्याला वा ‘सरप्लस’ मूल्यमा आप्नो ज्याला लिन्छ। ऊ सर्वहाराजस्तै श्रम बेच्छ, तर सर्वहाराको भन्दा उसको अवस्था राम्रो हुन्छ। ऊ राम्ररी बस्छ, खान्छ र राम्रा पहिरन लाउ“छरु। ऊ आप्नो सीप बेचेर निकै धन कमाउन सक्छ।

नेपालमा त्यस्तो बुर्जुवा वर्ग कुन होरु? निकै बहस र अध्ययनको विषय हो। अमेरिकी मार्क लिट्टेले नेपालका मध्यम वर्गको राम्रो अध्ययन गरेका छन्। उनले भने, अहिले आवश्यकता अनुसार बजारमा उपलब्ध सामानहरू, भोजन र फेसनहरूमा चाख भएको र आप्mनो सीप र ज्यालाले ती उपभोग्य वस्तुको प्रयोग गर्नसक्ने मध्यम वर्गको उदय भएको छ, नेपालमा।

मध्यम वर्गको भूमिकाबारे दक्षिण एसियाली राजनीतिमा अध्ययन भएका छन्। जस्तो कि भारतीय कांग्रेस यही मध्यम वर्गको समर्थनमा उठेको र टिकेको कुरा विश्लेषण पढिबसेकै हौं। नेपालमा कसले धन कमाउँदैछ र ऊ कस्तो धनाढ्य हुन्छरु? त्यसको सही उत्तर छैन। अहिले जो पनि धन जोड्ने काममा लागेका छन्। यसो अलिकता भए पनि लिइहाल्ने, आँखा छलेर सुविधा गोजीमा हालिहाल्ने यस्तो जोडजाड बुर्जुवाको उदय भइरहेको छ, नेपालमा र त्यो जोसुकै हुनसक्छ।

त्यो जोडजाड बुर्जुवाको उद्देश्य ‘एरिस्टोत्र्mयाट’ हुने निश्चय नै हुँदैन, सुविधा जोड्ने र असल जीवन बिताउने भने पक्कै हुन्छ। यो जोडजाड बुर्जुवा राजनीतिमा पनि हावी छ, चुनावमा ऊ त्यही जोडजाड प्रयोग गर्छ, शक्तिलाई प्रयोग गर्छ, ठेक्कापट्टा, कमिसन र छलछामबाट धन कमाउँछ। चुनावमा त्यो धन प्रयोग गर्छ, संसदमा आउन सक्ने आधार बनाउँछ। उसले फेक वा देखिएको पनि नदेखिने जस्तो प्रचार गर्छ। डोनाल्ड ट्रम्प राष्ट्रपति भएको समारोह टीभीमै देख्यौं, बाराक ओबामाको समारोहमा भन्दा सोझैं आधी मानिस देखिए।

तर ह्वाइट हाउस सर्कलकी कल्यानी कोन्वेले अन्तर्वार्तामा भनिन्, ‘होइन, मान्छे त्यत्ति नै थिए मान्नोस् नरु। किनभने त्यो अतिरिक्त सत्य वा अल्टर्नेटिभ ट्रुथ हो, मान्नोस् न।’ त्यसैले सधैं अनेकौं कारणले ननिस्केको मेलम्चीलाई ऊ ह्वाल–ह्वाल पानी आयो, मान्नोस् न भन्ने निर्माताहरू, धूलोले ज्यान लिइरहेको राजधानीमा धूलो अब धेर छैन, सकियो भन्ने फेक सत्यका प्रयोगधर्मीका मनोबल उच्च हुने कुरा जिस्केरै भए पनि तपाईं नेताहरूले नबोलिदिनोस्, मेरो सुझाव छ।

हिजो हिउँदे संसदको एउटा दृश्यको बयान गर्छौं। प्रचण्डले भने, हामीले लिएको बाटो नछोडेको भए, हामी ड्याम–ड्याम गर्ने थियौं। यस्तो सबैको मत लिएर चल्ने आवश्यकता नै पर्ने थिएन। नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराईले त्यसमाथि धारणा राखे। प्रचण्डको यो भनाइबाट चकित पर्ने र विस्मित हुनेमा म पनि पर्छु। किनभने मैले प्रचण्डले छानेको बाटो र उनको यात्रालाई पश्चातापको रापले पोलेको यात्रा ठानेको होइन।

प्रचण्ड र उनको दलले गिरिजाबाबु र ७ दलसँग गरेको सम्झौतालाई मैले सधैं साकार अर्थमा लिएको छु। मैले सोचेको हुँ, प्रचण्डले लिएको लोकतन्त्रको बाटोले गर्दा उनले रूसका स्तालिन, चेकोस्लाभाकियाका दुब्चेक, पोल्यान्डका बलादिस्ल गोमुल्का, अल्बानियाका एनवर होक्जा, रूमानियाका चाउसेस्कु, पूर्वी जर्मनीका होनेकरको इतिहासको बाटो लिनुपरेन।

सिधै वा प्रकारान्तरले तिनीहरू कतिपयका मूर्तिभञ्जन भएका छन्रु। यी सबैको विषयमा म खोजी–खोजी पढ्थेँ, अनि लाग्थ्यो, यी सबै माक्र्सका अनुयायी हुन् र यिनले विपन्न मानिसको कल्याणमात्रै गर्छन्। प्रचण्डले लिएको बाटो फ्रान्सका मौरिस थोरे, इटलीका पाल्मिरो तुगलयात्ती र नेपालकै मनमोहन अधिकारी, मदन भण्डारीको बाटोजस्तै हो, जहाँ आफूले लिएको बाटोको सम्मान गरिन्छ।

त्यस्ता मानिसका मूर्तिभञ्जन हुँदैनन्। मौरिस थोरे र लेखक साँपाल सात्र्रको संवादको किताब कीर्तिपुरको पुस्तकालयमा पढेपछि म रञ्जित भएको थिएँ। अहिले पनि त्यहाँ होला, भैंचालाले कतै परेको छैन भने। निकै पहिलेको कुरा हो।

तर संसदमा उनले अहिले रोजेको लोकतान्त्रिक बाटो आफूले छोडेको बाटोभन्दा असफल बाटो भनेको सुन्दा चकित परेको हुँ लोकतन्त्रको मान्यता मानिसका अधिकार र सम्मानसँग जोडिएको हुन्छ। देखिएको छ। कस्तो सरकारी पद्धति अपनाउँदा धेरै छिटो र छरितो किसिमले काम गरिन्छ भनेर लोकतन्त्रभित्रै पद्धतिको खोजी गर्न सकिन्छ ।

नेपाली कांग्रेसको महासमितिका सदस्यहरूका अभिव्यक्ति अनि कमिनिष्टका नयाँ बहस सुन्दै जाँदा अहिले निस्केका एकाध विषयको प्रसङ्ग यसो छोएर मात्र भए पनि लेख अन्त्य गर्छु। अहिले पश्चिमी मुलुकमा देखियो, सहर केन्द्रित एलिटहरूले राजनीति र शक्ति कब्जा गरेको सन्दर्भ उठेको छ।

गाउँका नरनारीहरू सहर केन्द्रित एलिटहरूबाट टाढा हुँदैछन्रु। अहिले सहरकै बोलवाला छ, धन कमाउने र खर्च गरेर शक्तिमा आउने बाटा त्यहीं खुल्छन्। नवधनाढ्य वर्ग र नयाँ मध्यम वर्गको त्यहीं उदय हुन्छ। राजनीतिका निर्णयमा प्रभाव पार्ने आधार त्यहीं हुन्छन्। विश्वविद्यालय, सांस्कृतिक–साहित्यिक संस्थाहरू त्यतै केन्द्रित हुन्छन्।

बुद्धिजीवीहरू सबै त्यतै बसेर गफ दिन्छन्। दलहरूभित्र एलिटिस्ट चाखको बोलवाला छ। पश्चिमी सहरहरूमा अहिले उछाल आउन लागेको छ। प्यारिसको भर्खरै उठेकोे पीत कमेजे आन्दोलन त्यही स्वस्फुर्त, दल र नेताविहीन उछाल हो। इटली, ब्रिटेन, भारत र अरु ठाउ“का सबै मानिस आफ्ननै दलभित्र नियन्त्रित हुन्छन् भन्नु सत्य होइन। मानिसका नेता नभएका उछाल उठ्न सक्छन् भन्नु त्यति अतिशयोक्ति हुँदैन।

सबैतिर पुग्ने, सबैको राम्रो गर्ने नीति लिएर, फेक र छलछामको समस्यालाई निराकरण गर्ने इमानदार कुरालाई प्रोत्साहन गरेर काम गर्ने बेला यही हो। अहिले हामी राजनीतिक र व्यवस्थाको प्रयोगको दृष्टिले राम्रो युगमा पुगेका छौं। दायित्व बोक्नेहरूले गम्भीर भएर काम गर्नुपर्छ भन्ने मेरो भनाइ हो।

साहित्य रचनाहरू, नाटक र कलाको क्षेत्रमा भएका काम हेर्दा र आफैं पनि सामेल हुँदा मलाई नेपालमा सिर्जनशील मानिसहरू सही बाटोमा छन् र ती पछाडि परेका छैनन् भन्ने लागिरहन्छरु। तिनलाई लिएर राज्यले बनाउने संस्थाहरूको कुरा गरेको होइनरु। खाडीका मुलुकमा कठोर काम गरेको बेला समय निकालेर कविता लेख्ने, विश्वभरि अाफ्ना सिर्जना र स्पन्दन साटासाट गर्नेहरूलाई भन्छौं, हामीभित्र उज्यालो छरु। बुझेर बढौं।

प्रकाशित : पुस १४, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?