कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्र बैंकले २ अर्ब माग्दा दोब्बर दिन आए

काठमाडौँ — राष्ट्र बैंकले सोमबार बजारमा ल्याएको निक्षेप संकलनमा बैंकहरूले करिब ४ अर्ब रुपैयाँ प्रस्ताव गरेका छन् । आइतबार अन्तरबैंक ब्याजदर ३ प्रतिशत तल झरेपछि सोमबार राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन आहवान गरेको थियो ।

राष्ट्र बैंकले २ अर्ब माग्दा दोब्बर दिन आए

उक्त आहवानमा बैंकहरूबाट ३ अर्ब ९० करोड रुपैयाँको प्रस्ताव आएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए । ‘निक्षेप संकलनका लागि बैंकहरूबाट मागेको भन्दा बढी झन्डै दोब्बर प्रस्ताव आउनुले बजारमा पर्याप्त तरलता रहेको पुष्टि हुन्छ,’ थापाले भने । सोमबार पनि बैंक तथा वित्तीय संस्थामा अनिवार्य नगद अनुपात (सीआरआर) बाहेक ५१ अर्ब रुपैयाँ अधिक तरलता रहेको थापाले जनाए ।


बजारमा पर्याप्त रूपमा अधिक तरलता रहेपछि राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा १४ दिनका लागि २ अर्ब रुपैयाँ बजारबाट उठाएको हो । उक्त रकम दुई सातापछि (माघ ८ गते) बजारमा आउनेछ । यसअघि राष्ट्र बैंकले पटकपटक गरी करिब २५ अर्ब रुपैयाँ बजारमा पठाइसकेको छ ।


ब्याजदर करिडोर लागू भएपछि अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले बजारबाट पैसा उठाउनुपर्छ । यसको विपरीत अन्तर बैंक दर ५ प्रतिशतभन्दा माथि पुगेपछि बजारमा पैसा पठाउनुपर्छ ।


राष्ट्र बैंकले बजारको आवश्यकताअनुसार तरलता रहेको जनाइरहेको समयमा बैंकहरूले सरकारी ढुकुटीमा रहेको पैसा मागिरहेका छन् । यही कारण अर्थ मन्त्रालयले ढुकुटीमा रहेको पैसा कसरी बजारमा पठाउन सकिन्छ भनेर गृहकार्य गरिरहेको छ ।

प्रकाशित : पुस २५, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?