कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लाङटाङमा लघु जलविद्युत् सञ्चालनमा

रसुवा — लाङटाङको क्याङजिनमा ११३ किलोवाटको लघु जलविद्युत् सञ्चालनमा आएको छ । राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेको लाङटाङमा लघु जलविद्युत् सञ्चालन भएपछि स्थानीयवासी खुसी भएका छन् । लाङटाङ गाउँमा रहेको पुरानो आयोजना ०७२ को भूकम्पले पूर्ण क्षति भएपछि स्थानीयले सोलारको प्रयोग गर्दै आएका थिए ।

गोसाइँकुण्ड ४ क्यान्जिनस्थित छुहाखोलामा नयाँ लघु जलविद्युत् निर्माण गरिएको वडाध्यक्ष सुब्बा तामाङले बताए । उनले उक्त लघु जलविद्युतबाट ११३ किलोवाट विद्युत् उत्पादन हुँदै आएको बताए । लाङटाङमा रहेका १ सय १२ घरधुरीमध्ये अहिले ९२ ले विद्युत् प्रयोग गर्दै आएका छन् । लघु जलविद्युत् निर्माण गर्न कादुरी एग्रिकल्चर संस्थाको ८ करोड, गोसाइँकुण्ड गाउँपालिकाको २० लाख र लाङटाङका स्थानीयको ४३ लाख लगानी रहेको छ । विद्युत् सेवा नपुगेको पर्यटकीय क्षेत्र लाङटाङमा वर्षा र चिसो मौसममा सोलारले काम नगर्दा स्थानीयलाई समस्या थियो ।


चिसो ठाउँमा हिटर बाल्न पाउँदा लाङटाङ घुम्न आउने पर्यटकलाई पनि सजिलो भएको होटल व्यवसायी ढिन्डुप तामाङले बताए । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार लघु जलविद्युत् निर्माण गर्न गोसाइँकुण्ड गाउँपालिकाको २० लाख लगानी रहेको छ । विद्युत् प्रयोग गरेबापत स्थानीयले मासिक शुल्क न्यूनतम ५ सय लिने गरी सहमति गरेका छन् । लघु जलविद्युतको रेखदेख गर्न दुईजना कर्मचारी राखिएको छ । आयोजनामा सानोतिनो समस्या आए स्थानीयले मर्मत गर्ने र ठूलो समस्या आए कादुरी एग्रिकल्चर संस्थाले मर्मतसम्हार गर्ने सहमति भएको छ ।

प्रकाशित : माघ २३, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?