कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एचआईभी संक्रमित बालबालिकाका लागि सिटिजन्सको सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — करिब एक दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई सिटिजन्स बैंक एक लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

एचआईभी संक्रमित बालबालिकाका लागि सिटिजन्सको सहयोग

बैंकले आफ्नो एघारौं वार्षिकोत्सवको अवसरमा आर्थिक सहयोग प्रदान गरेको हो । सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरिएको थियो । लाइफ होममा २३ जना एचआईभी संक्रमित बालबालिका छन् ।

प्रकाशित : फाल्गुन २, २०७४ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?