कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फर्स्ट सोलार पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — फर्स्ट सोलार डेभलपर्स प्रालिले एक लाख अमेरिकी डलर (करिब एक करोड रुपैयाँ) को पुरस्कार पाएको छ ।

सोलार सार्क टयांक प्रतियोगिताको मेकिङ सोलार बैंकेवल अन्तर्राष्ट्रिय प्रतियोगितामा कम्पनीले उक्त पुरस्कार पाएको हो । ‘आन्ट्रप्रेनरियल डेभलपमेन्ट बैंक (एफएमओ), एक्सेस पावर तथा सोलार प्लाजाद्वारा संयुक्त रूपमा नेदरल्यान्डसको राजधानी आम्स्टरडममा आयोजित कार्यक्रममा सहभागी २४ राष्ट्रका ४० कम्पनीहरूलाई पछि पार्दै फस्र्ट सोलार डेभलपर्स प्रालि नेपाल प्रथम भएको हो,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रमको प्रथम चरणमा डेभलपर्स प्रालिले १० मेगावाटको भृकुटी सौर्य विद्युत् परियोजनाको प्रविधि तथा एकीकृत कृषि फर्मको माध्यमबाट सामाजिक अर्थतन्त्र एवं राष्ट्रियस्तरमा पुर्‍याउने योगदानको विषयमा कार्यपत्र पेस गरेको थियो ।’

प्रतियोगितामा सहभागी विभिन्न राष्ट्रका कम्पनीमध्ये उत्कृष्ट तीन कम्पनी छनोट भएका थिए ।प्रतियोगितामा डेपलपर्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार थापाले कार्यपत्रको प्रस्तुतीकरण तथा प्रश्नोत्तरमा सहभागी भएका थिए । त्यसलाई चार सदस्यीय निर्णयक मण्डलले सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरिएको हो ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?